 
                                            
                                        
                                     
                                बिएल संवाददाता
 
                                अष्ट्रेलियास्थित नेपाली राजदूतावासले अत्यावश्यक अवस्थाबाहेक यात्रा नगर्न नेपालीहरुलाई अपिल गरेको छ।
अष्ट्रेलिया सरकारले बुधबार आफ्ना नागरिकलाई विदेश यात्रामा रोक लगाउनुको साथै सय जनाभन्दा बढी जम्मा नहुन निर्देशन दिएको थियो।
सोही निर्देशनअनुसार नेपाली राजदूतावासले त्यहाँस्थित नेपालीहरुलाई बिना काम यात्रा नगर्न अपिल गरेको हो। बुधबार प्रेस विज्ञप्ति जारी गर्दै दूतावासले कन्सुलर सेवाहरुका लागि हुलाकमार्फत् डकुमेन्ट पठाउन आग्रह गरेको छ।
‘राहदानी नवीकरण, यात्रा अनुमति पत्र, गैरआवासीय नेपाल परिचय पत्र, भीसा र सवारी चालक अनुमति पत्रलगायतका कागजात प्रमाणिकरणका लागि यस राजदूतावासको वेवसाइटमा रहेको विवरण अनुसारको कागजात तयार गरी हुलाकमार्फत पठाउने,’ विज्ञप्तिमा भनिएको छ,’अधिकृत वारेशनामा, मञ्जुरीनामालगायत राजदूतावासमा स्वयं उपस्थित भइ सहीछाप गरिदिनुपर्ने कामका लागि अत्यन्त जरूरी अवस्थामा मात्र राजदूतावासमा आउने।’
त्यस्तै दूतावासले सम्पर्क गरेरमात्र दूतावास आउन आग्रह गरेको छ। उसले अफिस खुल्ने समय बिहान १० बजेदेखि १ बजेभित्र सम्पर्क गरेरमात्र आउन अनुरोध गरेको हो। कामका लागि आउँदा सम्बन्धितबाहेक अन्य व्यक्ति नआउनसमेत आग्रह गरिएको छ।
दूतावासले अन्य जानकारीका लागि आफ्ना टेलिफोन नम्बर ०२-६२८६८००४, अथवा ०२–६२८६८००६ सम्पर्क गर्न भनेको छ। रातको समयमा अत्यन्त जुरुरी परेको अवस्थामा भने ०४३३९००२२७ वा ०४५०४३६१९९ मा सम्पर्क गर्न नेपालीहरुलाई अनुरोध गरेको छ।
अष्ट्रेलियन नागरिकलाई विदेश जान रोक
अष्ट्रेलियाको संघीय सरकारले आफ्ना नागरिकलाई विदेश जान रोक लगाएको छ भने एक सयभन्दा धेरै जना जम्मा नहुन आह्वानसमेत गरेको छ।
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले राष्ट्रका नाममा बुधबार सम्बोधन गर्दै उक्त आह्वान गरेका हुन्। उनले भने, ‘विदेश यात्रा गर्दै नगर्नुस्। स्कुल विदामा धेरैले विदेश घुम्ने योजना बनाउनुभएको हुनसक्छ। त्यसलाई रद्द गर्नुस्।’
उनले कोरोना भाइरसले विश्वमै त्रास फैलाइरहेका बेला आफ्ना नागरिकलाई त्यसबाट सचेत हुन आग्रह गरेका हुन्। उनले एक सयभन्दा बढी जम्मा नहुन आह्वानसमेत गरेका छन्।
उनले इतिहास पहिलोपटक देशका लागि यस्तो अवस्था सिर्जना भएको बताए। स्कुल, सार्वजनिक यातायात र अति आवश्यक कुराहरुमा सावधानी अपनाउन निर्देशनसमेत उनले दिएका छन्।
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया