एजेन्सी
कोरोना भाइरस (कोभिड–१९) कारण भारतसँगको एकदिवसीय श्रृङ्खला रद्द भएपछि दक्षिण अफ्रिकी टिम बुधबार स्वदेश पुगेको छ। टिमका खेलाडीला १४ दिन घरमै आइसोलेशनमा बस्न भनिएको छ।
क्रिकेट दक्षिण अफ्रिका (सीएसए) का मुख्य चिकित्सक अधिकारी शोएब मान्जरालाई उद्धृत गर्दै स्पोर्ट २४ ले भन्यो, ‘सबै खेलाडीलाई कम्तीमा १४ दिन घरमै छुट्टै बस्न सुझाव दिएका छौँ र मानिसको रक्षाको लागि यही नै एक नियमित मार्गदर्शन हो।’
‘यस क्रममा कुनै खेलाडीलाई कुनै किसिमका लक्षण देखिए उनीहरुको सही तरिकाबाट जाँच हुनेमा हामी सुनिश्चित गर्छौँ’, उनले भने।
दक्षिण अफ्रिकी क्रिकेट टिम कोलकाताबाट गएको मंंगलबार स्वदेश फिर्ता भएको थियो। दक्षिण अफ्रिकी टिमले भारतसँग तीन खेलको एकदिवसीय श्रृङ्खला खेल्ने तय भएको थियो तर कोभिड–१९ का कारण सिरिज नै रद्द गरिएको थियो।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया