एजेन्सी
कोरोना भाइरस (कोभिड–१९) कारण भारतसँगको एकदिवसीय श्रृङ्खला रद्द भएपछि दक्षिण अफ्रिकी टिम बुधबार स्वदेश पुगेको छ। टिमका खेलाडीला १४ दिन घरमै आइसोलेशनमा बस्न भनिएको छ।
क्रिकेट दक्षिण अफ्रिका (सीएसए) का मुख्य चिकित्सक अधिकारी शोएब मान्जरालाई उद्धृत गर्दै स्पोर्ट २४ ले भन्यो, ‘सबै खेलाडीलाई कम्तीमा १४ दिन घरमै छुट्टै बस्न सुझाव दिएका छौँ र मानिसको रक्षाको लागि यही नै एक नियमित मार्गदर्शन हो।’
‘यस क्रममा कुनै खेलाडीलाई कुनै किसिमका लक्षण देखिए उनीहरुको सही तरिकाबाट जाँच हुनेमा हामी सुनिश्चित गर्छौँ’, उनले भने।
दक्षिण अफ्रिकी क्रिकेट टिम कोलकाताबाट गएको मंंगलबार स्वदेश फिर्ता भएको थियो। दक्षिण अफ्रिकी टिमले भारतसँग तीन खेलको एकदिवसीय श्रृङ्खला खेल्ने तय भएको थियो तर कोभिड–१९ का कारण सिरिज नै रद्द गरिएको थियो।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया