पाकिस्तानमा कोरोनाबाट २ ले ज्यान गुमाए

एजेन्सी

काठमाडाै‌ं

पाकिस्तानमा कोरोना भाइरस (कोभिड–१९) बाट २ जनाको ज्यान गएको छ। पाकिस्तानको उत्तरपश्चिमी खिबेर पखटुंख्वा प्रान्तको पेशावरमा र मार्डन जिल्लामा १र१ जनाको ज्यान गएको हो।

ज्यान गुमाउनेमध्ये एक साउदी अरेबियाको भ्रमणबाट फर्केका थिए। पेशावरमा ज्यान गुमाउने नागरिक भने दुबईको भ्रमणबाट फर्किएको बताइएको छ। अहिले उनीहरुको परिवारमा पनि यो भाइरसको परीक्षण गरिएको छ।

बुधबार पाकिस्तानमा नयाँ संक्रमितको संख्या पनि ६० पुगेको थियो। यससँगै मुलुकमा समग्र संक्रमितको संख्या ३०७ पुगेको छ। सिन्ध प्रान्तमा मात्र २०८ जनामा यो भाइरसको संक्रमण देखिएको छ।

नयाँ संक्रमितमध्ये धेरैजसो मानिस इरानको भ्रमणबाट फर्केका मानिसहरू छन्। 

प्रकाशित मिति: : 2020-03-20 01:03:53

प्रतिकृया दिनुहोस्