श्रीलङ्कामा चारदिने कफ्र्यू घोषणा

एजेन्सी

काठमाडाै‌ं

श्रीलङ्कामा शुक्रबारदेखि सोमबारसम्मका लागि चारदिने कफ्र्यूको घोषणा गरिएको छ।

राष्ट्रपति गोटावाया राजापाक्षेले शुक्रबार घोषणा गरेअनुसार शुक्रबार बेलुका ६ बजेदेखि नै कफ्र्यू लागू भएको छ।

कफ्र्यू आगामी सोमबार बिहान ६ बजेसम्म जारी रहने राष्ट्रपतिको घोषणामा उल्लेख गरिएको छ।

कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएकाले थप फैलिन नदिने उद्देश्यले कफ्र्यू घोषणा गरिएको अधिकारीहरूले बताएका छन्।

श्रीलङ्कामा शुक्रबारसम्ममा ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको अधिकारीहरूले पुष्टि गरेका छन्।

राष्ट्रपति राजापाक्षेले कोरोना नियन्त्रण गर्न दुई हप्ताका लागि अन्तरराष्ट्रिय हवाई सेवा पनि बन्द गरिएको घोषणा गर्नुभएको छ। उहाँको घोषणासँगै श्रीलङ्का आउने विमान सेवा अवरुद्ध भएको छ भने विद्यालय तथा विश्वविद्यालयहरूमा बिदा दिइएको छ।

प्रकाशित मिति: : 2020-03-21 10:03:24

प्रतिकृया दिनुहोस्