
डिल्ली पाण्डे
नेपाली सेनाले कोरोना भाइरस संक्रमणबारे जानकारी दिन बेग्लै मोबाइल एप्स बनाउने भएको छ । कोरोनाबारे देशभरि काम गरिरहेका ‘हेल्प डेस्क’ बारे जानकारी दिन उक्त एप्स बनाउन लागेको हो ।
नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार, सरकारले ४१ ठाउँमा कोरोना भाइरससम्बन्धी ‘हेल्प डेस्क’ सञ्चालन गरिरहेको छ जसमा नेपाली सेनाको पनि सहभागिता छ ।
‘ती डेस्कहरूमा भएका गतिविधिको प्रत्यक्ष जानकारी यस्तो एप्सले दिन्छ’, प्रवक्ता पाण्डेले बिएल नेपाली सेवासँग भने, ‘कारोना भाइरस संकमणबारे सबै हेल्प डेस्कमा भएका काम र त्यहाँ प्राप्त नतिजालाई उक्त एप्समा डाउनलोड हुन्छ । कहाँ के भइरहेको छ भन्ने जानकारी दिन्छ ।’
कोरोना भाइरस संक्रमण रोकथामका लागि भएका सबै रेकर्ड सबैले एकै ठाउँमा प्राप्त गर्न सकुन् भनेर उक्त मोवाईल एप्स बनाउन लागेको प्रवक्ता पाण्डेले बताए ।
‘को स्वास्थ्यकर्मी कहाँ छ, कति काम गरिरहेको छ’, पाण्डेले भने, ‘कुन नाकामा कति संक्रमित भेटिए ? ती भित्रिएका मान्छेको तथ्यांक पनि यही एप्सले राख्ने छ ।’ उक्त एप्सले नागरिकबाट कति नजिक स्वास्थ्य टोली छ भन्ने पनि जानकारी हुने छ भने स्वास्थ्यसम्बन्धी परामर्श लिन पनि मिल्ने जनाइएको छ ।
उक्त एप्सलाई सेनाले छिट्टै सार्वजनिक गर्ने तयारी गरिरहेको छ।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया