डिल्ली पाण्डे
नेपाली सेनाले कोरोना भाइरस संक्रमणबारे जानकारी दिन बेग्लै मोबाइल एप्स बनाउने भएको छ । कोरोनाबारे देशभरि काम गरिरहेका ‘हेल्प डेस्क’ बारे जानकारी दिन उक्त एप्स बनाउन लागेको हो ।
नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार, सरकारले ४१ ठाउँमा कोरोना भाइरससम्बन्धी ‘हेल्प डेस्क’ सञ्चालन गरिरहेको छ जसमा नेपाली सेनाको पनि सहभागिता छ ।
‘ती डेस्कहरूमा भएका गतिविधिको प्रत्यक्ष जानकारी यस्तो एप्सले दिन्छ’, प्रवक्ता पाण्डेले बिएल नेपाली सेवासँग भने, ‘कारोना भाइरस संकमणबारे सबै हेल्प डेस्कमा भएका काम र त्यहाँ प्राप्त नतिजालाई उक्त एप्समा डाउनलोड हुन्छ । कहाँ के भइरहेको छ भन्ने जानकारी दिन्छ ।’
कोरोना भाइरस संक्रमण रोकथामका लागि भएका सबै रेकर्ड सबैले एकै ठाउँमा प्राप्त गर्न सकुन् भनेर उक्त मोवाईल एप्स बनाउन लागेको प्रवक्ता पाण्डेले बताए ।
‘को स्वास्थ्यकर्मी कहाँ छ, कति काम गरिरहेको छ’, पाण्डेले भने, ‘कुन नाकामा कति संक्रमित भेटिए ? ती भित्रिएका मान्छेको तथ्यांक पनि यही एप्सले राख्ने छ ।’ उक्त एप्सले नागरिकबाट कति नजिक स्वास्थ्य टोली छ भन्ने पनि जानकारी हुने छ भने स्वास्थ्यसम्बन्धी परामर्श लिन पनि मिल्ने जनाइएको छ ।
उक्त एप्सलाई सेनाले छिट्टै सार्वजनिक गर्ने तयारी गरिरहेको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया