कालिका न्याैपाने
दक्षिण कोरियामा कोरिया भाइरसको संक्रमणबाट मर्नेको संख्या सयभन्दा बढी कटेको छ। शनिबार बिहानसम्म ९४ जनाको मात्र निधन भएको थियो। तर, दिउँसो १ नपुग्दै मर्नेको संख्या ८ थपिएपछि १ सय २ पुगेको छ।
यसअघिसम्म आठ वटा देशमा सयभन्दा बढीले ज्यान गुमाएका थिए। सय नाघ्ने कोरिया नवौं देश बन्न पुगेको छ।
इटाली, चीन, इरान र स्पेनमा हजारभन्दा बढीले ज्यान गुमाएका छन्। सयभन्दा माथि फ्रान्स,अमेरिका,बेलायत र नेदरल्यान्ड रहेका छन्।
कोरियामा ८ हजार ७ सय ९९ संक्रमणमा रहेको बताइएको छ। सबैभन्दा बढी देगु शहरमा ६ हजार ३ सय ४४ संक्रमित छन् भने सिओलमा ३ सय १४ जना भेटिएका छन्।
उपचारपछि घर फर्किनेको संख्या २ हजार ६ सय १२ पुगेको छ। स्थानीय स्वास्थ्य विभागका अनुसार ३ लाख १६ हजार ८ सय ४३ जनाको स्वास्थ्य परीक्षण भइसकेको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया