कालिका न्याैपाने
दक्षिण कोरियामा कोरिया भाइरसको संक्रमणबाट मर्नेको संख्या सयभन्दा बढी कटेको छ। शनिबार बिहानसम्म ९४ जनाको मात्र निधन भएको थियो। तर, दिउँसो १ नपुग्दै मर्नेको संख्या ८ थपिएपछि १ सय २ पुगेको छ।
यसअघिसम्म आठ वटा देशमा सयभन्दा बढीले ज्यान गुमाएका थिए। सय नाघ्ने कोरिया नवौं देश बन्न पुगेको छ।
इटाली, चीन, इरान र स्पेनमा हजारभन्दा बढीले ज्यान गुमाएका छन्। सयभन्दा माथि फ्रान्स,अमेरिका,बेलायत र नेदरल्यान्ड रहेका छन्।
कोरियामा ८ हजार ७ सय ९९ संक्रमणमा रहेको बताइएको छ। सबैभन्दा बढी देगु शहरमा ६ हजार ३ सय ४४ संक्रमित छन् भने सिओलमा ३ सय १४ जना भेटिएका छन्।
उपचारपछि घर फर्किनेको संख्या २ हजार ६ सय १२ पुगेको छ। स्थानीय स्वास्थ्य विभागका अनुसार ३ लाख १६ हजार ८ सय ४३ जनाको स्वास्थ्य परीक्षण भइसकेको छ।
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया