एजेन्सी
इटालियन सिरी ए फुटबल क्लब युभेन्ट्स तथा अर्जेन्टिनाको राष्ट्रिय टिमका स्टार स्ट्राइकर पाउलो डिबाला र टालीको राष्ट्रिय टिमका पूर्वकप्तान पाओलो माल्दिनीलाई कोरोना भाइरसको संक्रमण भएको छ।
डिबालाले इन्स्टाग्राम मार्फत आफू र प्रेमिकालाई कोरोना भाइरसको संक्रमण भएको तर स्वास्थ्य अवस्था राम्रो रहेको जानकारी दिएका हुन्।
२६ वर्षका डिबालाले लेखेका छन्, ‘ओरिएना र म दुवैमा कोरोना भाइरसको संक्रमण देखिएको छ। खुशीको कुरा हामी राम्रो अवस्थामा छौँ।’
यता हाल सिरी ए क्लब एसी मिलानका प्राविधिक निर्देशक रहेका माल्दिनी र उनका छोरा डानिएललाई कोरोनाको संक्रमण पुष्टि भएको छ।
दुवैजनाको स्वास्थ्य अवस्था राम्रो रहेको एसी मिलानले जारी गरेको वक्तव्यमा उल्लेख छ। १८ वर्षका डानिएल माल्दिनी एसी मिलानबाट खेल्नका लागि प्रशिक्षणमा थिए।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया