एजेन्सी
इटालियन सिरी ए फुटबल क्लब युभेन्ट्स तथा अर्जेन्टिनाको राष्ट्रिय टिमका स्टार स्ट्राइकर पाउलो डिबाला र टालीको राष्ट्रिय टिमका पूर्वकप्तान पाओलो माल्दिनीलाई कोरोना भाइरसको संक्रमण भएको छ।
डिबालाले इन्स्टाग्राम मार्फत आफू र प्रेमिकालाई कोरोना भाइरसको संक्रमण भएको तर स्वास्थ्य अवस्था राम्रो रहेको जानकारी दिएका हुन्।
२६ वर्षका डिबालाले लेखेका छन्, ‘ओरिएना र म दुवैमा कोरोना भाइरसको संक्रमण देखिएको छ। खुशीको कुरा हामी राम्रो अवस्थामा छौँ।’
यता हाल सिरी ए क्लब एसी मिलानका प्राविधिक निर्देशक रहेका माल्दिनी र उनका छोरा डानिएललाई कोरोनाको संक्रमण पुष्टि भएको छ।
दुवैजनाको स्वास्थ्य अवस्था राम्रो रहेको एसी मिलानले जारी गरेको वक्तव्यमा उल्लेख छ। १८ वर्षका डानिएल माल्दिनी एसी मिलानबाट खेल्नका लागि प्रशिक्षणमा थिए।
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया