शुक्रबार, ११ जुलाई २०२५

क्रोएसियामा ५.३ को भूकम्प

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
2020-03-23 04:32:56
News Image
• • •

पूर्वी युरोपेली मुलुक क्रोएसियाको राजधानी जाग्रेबमा आइतबार बिहान ५.३ म्याग्नीच्यूडको भूकम्प गएको छ। भूकम्पबाट केही भवनहरु भत्किनुका साथै विद्युतका पोलहरुमा क्षति पुगेको छ। ‍

युरोपेली भूगर्भ केन्द्र (सीसेम) का अनुसार आइतबार बिहान ६ बजे गएको भूकम्प निकै शक्तिशाली रहेको र त्रसित राजधानीबासीहरु दौडिएर सडकमा भेला भएका थिए। भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट केबल ७ किलोमिटरमुनि मात्र रहेको थियो। 

सिसेमले एक घण्टापछि पुनः ५ म्याग्नीच्यूडको परकम्प गएको जनाएको छ। तर भूकम्पबाट मानिसको मृत्यु भएको विवरण प्राप्त भइनसकेको स्थानीय प्रहरीले जनाएको छ।

कोरोनाभाइरसबाट जनजीवन त्रसित भइरहेकै समयमा भूकम्पले थप पीडा दिएको छ। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?