पूर्वी नाकामा अघोषित ‘कर्फ्यु’, अस्पतालका चिकित्सकहरु भगवान भरोसामा

भारतसँग जाेडिएका झापाका सीमावर्ती क्षेत्र सुनसान बन्दै गएका छन्। सीमामा अघोषित कर्फ्यु जस्तै स्थिति छ।

पश्चिम बंगालको पानीटेंकीसँग जोडिएको पूर्वीद्वार काँकरभिट्टामा मानिसको छिटपुट रुपमा मात्र आवागमन छ। भारतमा आइतबारकाे ‘जनता कर्फ्यु’का कारण पनि नेपालबाट मानिसहरु भारत जान सकेका छैनन्।

नाका प्रहरी र स्वास्थ्यकर्मीहरु मात्र काममा खटिएका छन्।

त्यसैगरि भारतको बिहारसँग जोडिएको कचनकवल गाउँपालिकाका सबै सीमा नाकामा मानिसको आवागमन बन्द गराइएको गाउँपालिका कार्यालयले जानकारी दिएको छ।

दैनिक हाट बजारहरु बन्द भएका छन्। अत्यावश्यक वस्तुका पसलहरु बाहेक सबै पसलहरू बन्द छन्।

प्रकाशित मिति: : 2020-03-23 05:44:47

प्रतिकृया दिनुहोस्