दक्षिण एसियामा काेराेनाबाट मृत्यु हुनेको संख्या १५

एजेन्सी

काठमाडाै‌ं

कोरोना भाइरस अर्थात कोभिड–१९को कारण दक्षिण एसियाली मुलुकहरु पाकिस्तान र अफगानिस्तानमा आइतबार तीन जनाको ज्यान गएको छ। यससँगै दक्षिण एसियामा समग्र मृत्यु हुनेको संख्या १५ पुगेको छ।

आइतबार कोरोना भाइरसको कारण पाकिस्तानमा दुई जनाको ज्यान गएको हो। त्यस्तै अफगानिस्तानमा पनि एक जनाले ज्यान गुमाएका थिए। 

दक्षिण एसियामा पाकिस्तान यो भाइरसबाट सबैभन्दा बढी प्रभावित भएको मुलुक हो। त्यहाँ यो भाइरस संक्रमितको संख्या पनि ७७६ पुगेको छ।  

अफगास्तिानमा पनि भाइरसबाट संक्रमितको संख्या ४० पुगेको छ।

दक्षिण एसियाली मुलुकमा भारतमा अहिलेसम्म यो भाइरसबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ। भारतमा यो भाइरसबाट संक्रमितको संख्या ३९६ पुगेको छ।

त्यस्तै श्रीलंकामा पनि यो भाइरसका संक्रमितको संख्या ८२ पुगेको छ।

माल्दिभ्समा पनि १३ जनामा यो भाइरसको संक्रमण फेला परेको छ।

प्रकाशित मिति: : 2020-03-24 01:10:55

प्रतिकृया दिनुहोस्