बिएल संवाददाता
अडिसनदेखि नै लगातार निर्णायकको मन जित्दै आएका गायक दिवेश पोख्रेल (अर्थर गन) को पछिल्लो प्रस्तुतिले अमेरिकन आइडलको सोलो राउण्डमा निर्णायक लायोनल रिचीलाई भावुक बनायो।
दिवेशको प्रस्तुति सकिनासाथ जज लायोनलले आफ्नो आँखाको आँशु पुछ्दै ‘सरी’ भनेका थिए।
‘मलाई रुवायो’ दिवेशले प्रस्तुति सक्नासाथ उनले अर्की निर्णायक केटी पेरीलाई हेर्दै भने। दिवेशको प्रस्तुतिलाई तीनैजना निर्णायकले रुचाएर उभिएर समस्थन गरेका थिए।
दिवेशले सिसी आरको ‘ह्याभ यू एभर सिन रेन’ बोलको गीत प्रस्तुत गरेका थिए। उनले यसअघि अडिसनमै यो गीत प्रस्तुत गरिसकेका थिए। त्यही गीतमा केही परिवर्तन गरेर उनले आफ्नो भर्सन बनाएर गीत प्रस्तुत गरे। यसपटक फेरि उनी गीतार बोकेरै मञ्चमा प्रवेश गरे। उनको प्रस्तुतिलाई तीनजना निर्णायकले आफ्नो स्थानबाट उठेर सम्मान गरेका थिए।
सन् २०१३ मा अमेरिका पुगेका गायक उनले यसअघि 'न्यानो घर', 'मन', 'समुन्द्र पारी', 'कर्णाली', 'प्रलय ए' र 'प्रलय बी' जस्ता गीत सार्वजनिक गरेका थिए।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया