
बिएल संवाददाता
आफैले आफूलाई कोरोना भाइरसको संक्रमण भएको सार्वजनिक गरेकी नेपाली चेली भगवती रानाभाट पूर्ण रूपमा सञ्चो भएर घर फर्किएकी छिन्।
बेलायतस्थित लन्डनको नर्थविक पार्क अस्पतालमा मंगलबार डिस्चार्ज भएर उनी सकुसल घर फर्किएकी हुन।
नेपालमा कोरोना भाइरसको आतंक फैलिरहेको बेला भगवती आफैले आफूलाई कोरोना संक्रमण भएको बताएकी थिइन। र, अस्पतालमा उपचार गराइरहेको तस्वीर सार्वजनिक गर्दै आफू, परिवार र साथीभाईको सुरक्षाका लागि संक्रमणको विषय सार्वजनिक गरेको बताएकी थिइन। उनले आम नेपालीहरुलाई सतर्कता अपनाउन अपीलसमेत गरेकी थिइन।
उनी यसअघि १० दिन घरमै ‘आइसोलेसन’ मा बसेकी थिइन। निको नभएपछि अस्पताल भर्ना भएकी हुन्। लम्जुङ निवासी रानाभाट अस्पतालबाट डिस्चार्ज भएपछि उनलाई इस्टमित्र र विभिन्न संघसंस्थाले बधाई दिएका छन्।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया