एजेन्सी
लिओनल मेसीले बार्सिलोना शहरको एक नागरिक अस्पताललाई १.०८ मिलियन अमेरिकी डलर सहयोग प्रदान गरेका छन्। अस्पतालले आफ्नो ट्वीटरमा मेसीले सो सहयोग रकम प्रदान गरेको जनाएको छ।
स्पेन पछिल्लो समय कोरना भाइरसको महामारीसँग जुधिरहेको छ। मेसीअघि बार्सिलोनाका पूर्व म्यानजर पेप गार्डियोलाले पनि बार्सिलोना शहरमा कोरोना भाइरसको संक्रमणविरुद्धको अर्को कार्यक्रमका लागि १.०८ मिलियन डलर प्रदान गरिसकेका छन्।।
बार्सिलोना मेडिकल कलेज र एन्जल सोलेर डानिएल फाउन्डेसनले सुरु गरेको कोरोना भाइरसविरुद्धको अभियानका लागिगार्डियोलाले सहयोग गरेका हुन्।
हाल बार्सिलोनास्थित घरमा रहेका गार्डियोलाले विगत केही दिनदेखि सहयोग रकम उपयुक्त तरिकाले प्रयोग गर्ने उपायहरुबारे वकिलहरुसँग सल्लाह गरिरहेका थिए।
कोरोनाका कारण युरोपका बढी प्रभावित देश मध्येमा पर्छ स्पेन। स्पेनमा मंगलबारसम्म कोरोनाका कारण २६ सय ९६ जनाको मृत्यु भएको छ। यस्तै संक्रमितको संख्या झण्डै ४० हजार छ।
गार्डियोलाले प्रदान गरेको रकम चिकित्सा सामग्री तथा स्वास्थ्यकर्मीका लागि सुरक्षात्मक सामग्री (पीपीई) किन्नका लागि खर्च गरिने छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया