नयाँ पत्रिका दैनिक
कोरोना भाइरसको संक्रमणको त्रास बढ्दै जाँदा सर्वसाधारणले आफूसँग नगद राख्ने क्रम ह्वात्तै बढेको छ । यसले बजारमा चलनचल्तीको मुद्रामा वृद्धि गरेको छ । १ फागुनपछिको ४१ दिनमा बजारमा १ खर्ब रुपैयाँभन्दा बढी मुद्रा प्रवाह थपिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । ‘अहिले राष्ट्र बैंकको ढुकुटीमा रहेकोबाहेक ५ खर्ब ३४ अर्ब रुपैयाँ चलनचल्तीमा रहेको छ,’ नेपाल राष्ट्र बैंकका कायममुकायम गभर्नर चिन्तामणि सिवाकोटीले भने, ‘माघ अन्त्यसम्म बजारमा ४ खर्ब ३१ अर्ब रुपैयाँ मात्रै मुद्रा चलनचल्तीमा थियो ।’
अहिले सर्वसाधारणले नोटको माग बढाएको एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले बताए । ‘अहिले ठूला नोटको माग बढिरहेको छ, अभाव नै त छैन, तर आपूर्ति बढ्नुपर्छ,’ उनले भने, ‘बैंकहरूमा ३४ खर्ब निक्षेप रहेको त्यसको ५–१० प्रतिशत रकमबराबर मुद्रा बजारमा रहनु अस्वाभाविक होइन ।’ पछिल्लो समय बैंकहरूको शाखा संख्या बढेको र बैंकको भल्टमै राख्नुपर्ने रकमसमेत वृद्धि हुने भएकाले पनि मुद्रा आप्रवाह बढेको केसी बताउँछन् । कुल कारोबारको करिब ९५ प्रतिशत शाखामार्फत हुँदै आएको छ । यद्यपि, विपत्मा सर्वसाधारणमा साथमै नगद राख्ने परिपाटी धेरै रहेको बैंकरहरू बताउँछन् । हाल भने निक्षेपको करिब १५ प्रतिशत मुद्रा बजारमा चलनचल्तीमा रहेको हो ।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया