नयाँ पत्रिका दैनिक
कोरोना भाइरसको संक्रमणको त्रास बढ्दै जाँदा सर्वसाधारणले आफूसँग नगद राख्ने क्रम ह्वात्तै बढेको छ । यसले बजारमा चलनचल्तीको मुद्रामा वृद्धि गरेको छ । १ फागुनपछिको ४१ दिनमा बजारमा १ खर्ब रुपैयाँभन्दा बढी मुद्रा प्रवाह थपिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । ‘अहिले राष्ट्र बैंकको ढुकुटीमा रहेकोबाहेक ५ खर्ब ३४ अर्ब रुपैयाँ चलनचल्तीमा रहेको छ,’ नेपाल राष्ट्र बैंकका कायममुकायम गभर्नर चिन्तामणि सिवाकोटीले भने, ‘माघ अन्त्यसम्म बजारमा ४ खर्ब ३१ अर्ब रुपैयाँ मात्रै मुद्रा चलनचल्तीमा थियो ।’
अहिले सर्वसाधारणले नोटको माग बढाएको एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले बताए । ‘अहिले ठूला नोटको माग बढिरहेको छ, अभाव नै त छैन, तर आपूर्ति बढ्नुपर्छ,’ उनले भने, ‘बैंकहरूमा ३४ खर्ब निक्षेप रहेको त्यसको ५–१० प्रतिशत रकमबराबर मुद्रा बजारमा रहनु अस्वाभाविक होइन ।’ पछिल्लो समय बैंकहरूको शाखा संख्या बढेको र बैंकको भल्टमै राख्नुपर्ने रकमसमेत वृद्धि हुने भएकाले पनि मुद्रा आप्रवाह बढेको केसी बताउँछन् । कुल कारोबारको करिब ९५ प्रतिशत शाखामार्फत हुँदै आएको छ । यद्यपि, विपत्मा सर्वसाधारणमा साथमै नगद राख्ने परिपाटी धेरै रहेको बैंकरहरू बताउँछन् । हाल भने निक्षेपको करिब १५ प्रतिशत मुद्रा बजारमा चलनचल्तीमा रहेको हो ।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया