 
                                            
                                        
                                     
                                रासस
कोरोनाको सङ्क्रमण फैलन नदिन सरकारले घोषणा गरेको साताव्यापी ‘लकडाउन’लाई पूर्णरूपमा कार्यान्वयन गर्दै वाणिज्य बैंकले उपभोक्तालाई सहजरुपमा बैंकिङ सुविधा दिने प्रतिबद्धता जनाएका छन्।
नेपाल बैंकर्स सङ्घको आज बसेको अनलाइन बैठकले विपद्को समयमा सर्वसाधारणको कमाइको पूर्ण सदुपयोग हुने गरी बैंकका आवश्यक शाखा खोलेर पूर्ण सेवा दिने निर्णय गरेको हो।
बैठकपछि सङ्घले जारी गरेको प्रेस विज्ञप्तिअनुसार उपभोक्तालाई एटीएममा पर्याप्त रकम उपलब्ध गराउने, एटीएम नभएका शाखा सीमित समयका लागि खुला गर्ने निर्णय गरेको छ।
विज्ञप्तिमा भनिएको छ, 'लकडाउनका बेलामा पनि वाणिज्य बैंकका शाखाले एलसी ट्रेजरीलगायत अत्यावश्यक सेवा दिइनेछ।' बैठकले अत्यावश्यक वस्तुको आयातमा बैंकले दिने सेवा सबै शाखाबाट उपलब्ध गराउने निर्णय गरेको छ।
निर्णयमा भनिएको छ, 'बैंकका शाखाले एटीएममा पर्याप्त रकम राख्नेछन् भने ती शाखाबाट नगद कारोवार हुनेछैन। एटीएम नभएका शाखा भने सीमित समयका लागि खुला गरिनेछ। बैंकका शाखामा सर्वसाधारण विशेषगरी रकम झिक्ने आउने भएकाले एटीएम भएको स्थानमा शाखा खोलिने छैन।'
बैंकका शाखाले दुई आधिकारिक व्यक्तिको सम्पर्क नम्बर ग्राहकलाई उपलब्ध गराउने र ग्राहकले ती व्यक्तिलाई अत्यावश्यक परेको खण्डमा सेवा लिन सम्पर्कसमेत गर्न सक्नेछन्।
यस्तै सङ्घले ग्राहकलाई डिजिटल बैंकिङमार्फत कारोवार गर्न आग्रह गर्दै स्थानीय तथा सरकारी निकायलाई बैंकका कर्मचारीलाई स्वास्थ्य तथा सुरक्षा उपकरण उपलब्ध गराइदिनसमेत आग्रह गरेको छ।
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया