श्याम भट्ट
भारत सरकारले कोरोना भाइरस संक्रमणविरूद्धको अभियानमा मंगलबार रातीदेखि २१ दिन पुरै देश ‘लक डाउन’ गर्ने निर्णय गरेसँगै सुदूरपश्चिमको महाकाली पुल पारी भारतमा ३० नेपाली अझै अलपत्र परेका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार यसको जानकारी दिएपछि नेपाल सरकारले पनि दुई दिनदेखि कञ्चनपुरको गड्डाचौकी नाकामा दुई दिनदेखि अलपत्र परेका ६ सय नेपालीको राती ९ बजे उद्दार गरेको थियो।
मंगलबार राती उद्दार गरिएपनि बुधबार बिहान ३० नेपाली भारतस्थित महाकाली नदीको पुलमा रहेको डिएसपी केशव प्याकुरेलले बिएल नेपाली सेवालाई जानकारी दिए।
‘हिजो राती हामीले गड्डाचौकीबाट ६ सय जनालाई उद्दार गरेका थियौं। अहिले भारतीय प्रहरीले हामीलाई ४० जना महाकाली पुल पारी उनीहरूको इलाकामा भएको जानकारी दिएको छ,’ उनले भने।
नेपाल प्रहरीले कञ्चनपुरको सिमाना रहेको गड्डाचौकीमा पनि थप ४ नेपालीलाई रोकेर राखेको छ। उनीहरू पनि बिहान आइपुगेको बताइएको छ।
भारतमा काम गर्न गएका महाकाली नजिकै एैरी, अदाली र भुजेला गाउँका नेपालीहरू महाकाली तरेर गाउँ छिर्न थालेको पनि प्रहरीले बताएको छ। भारतले आफ्नो तर्फको नाका बन्द गरेपछि नेपालीहरू महाकाली नदी तरेर आ–आफ्नो गाउँ छिर्न थालेको डिएसपी प्याकुरेलले बताए।
गृह मन्त्रालयको निर्णयमा मंगलबार राती धनगढीबाट पनि २० बसमा ९ सय ५८ जनालाई नेपालतर्फ ल्याइएको थियो। उद्दार गरिएका सबै नेपालीलाई उनीहरूको सम्बन्धित जिल्लामा क्वारेन्टाइनमा राख्ने निर्देशनसहित उद्दार गरिएको हो।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया