नेपाल टेलिकमले आफ्ना ग्राहकलाई रिचार्जमा शत प्रतिशत बोनस दिने निर्णय गरेको छ । सरकारले कोरोनाको संक्रम फैलनबाट रोक्ने गरी लकडाउनको लागू गरेपछि धेरै ग्राहकलाई रिचार्ज कार्ड किन्न समस्या परिरहँदा टेलिकमको यस्तो निर्णय आएको हो ।
बोनस योजना आज (बुधबार) राति १२ बजेबाट लागू गर्ने टेलिकमका निर्देशक डिल्लीराम अधिकारीले बताए। उनका अनुसार याे सेवा टेकिलमले आफ्नो नेटवर्कभित्र प्रयोग गर्न सकिने छ।
उनका अनुसार यस्तो बोनसबापतको रकम डाटा चलाउन र एसएमएस गर्न समेत प्रयोग गर्न सकिने छ । नेपाल टेलिकमबाहेकका अन्य नेटवर्कमा फोन गर्दा भने मुख्य ब्यालेन्सबाट शुल्क काटिनेछ ।
सापटी सेवा भने हाललाई नदिने योजना रहेकाे उनले जानकारी दिए।
‘सापटीमा धेरै उपभोक्ताको गुनासो आएको छ। सबैलाई सापटी लिएर चलाएको थाहा हुँदैन, पछि एकैपटक पैसा काटिदाँ एनटिसीले त्यसै पैसा काट्यो भन्दै फोन आउँछ,’ निर्देशक अधिकारीले भने, ‘त्यसैले यो सेवा हाललाई नदिने योजना बनाएका छौं, पछि विचार गर्छौं।’
मंगलबार बसेको दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको बैठकले नेपाल दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुलाई ग्राहकले रिचार्ज गरे बराबरको बोनस र २ सय रूपैयाँसम्म ऋण दिन निर्देशन दिएको थियो।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया