तीन दिनभित्र औषधि र उपकरण काठमाडाै‌ं आउँछ : मन्त्री ढकाल

रासस

काठमाडाै‌ं

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि आवश्यक औषधी र उपकरण तीन दिनभित्र ल्याउने बताएका छन् ।

पत्रकार सम्मेलनमा बुधबार उनले बोलपत्रमार्फत आवश्यक सामग्री तत्काल ल्याउने गरी काम थालिएको जानकारी दिँदै औषधी तथा स्वास्थ्य सामग्री ल्याउने गरी बुधबारै अन्तिम टुङ्गो लगाउने  बताए। 

ल्याइएका सामग्रीलाई प्रदेश, जिल्ला र प्रभावित ठाउँमा पुर्याइने उनले जानकारी दिए। मन्त्रीका अनुसार ती सामग्री पु¥याउनका लागि मन्त्रालयले संयोजकमा भौतिक यातायात तथा पूर्वाधार मन्त्रालय सहितको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीमार्फत पुर्याइने तयारी गरिएको छ । उनले सामग्री काठमाडौँ आइपुग्नासाथ प्रदेश, जिल्ला र प्रभावित ठाउँमा पुर्याउने बताए। 

मन्त्री ढकालले आजदेखि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको नमुना परीक्षणका लागि प्रयोगशाला सञ्चालन गर्ने गरी व्यवस्था मिलाएको बताउनुभयो । उनले कोभिड–१९ को परीक्षण गर्न सातवटै प्रदेशमा प्रयोगशाला विस्तार गर्ने योजना रहेको उनले सुनाए।

यसअघि सरकारले पूर्वमा विराटनगर र पश्चिम नेपालगञ्जबाट कोभिड–१९ को नमुना परीक्षण संकलन गरी दिनको एकपटक हवाईजहाजबाट र तीन–चार घण्टा दुरी टाढा रहेका ठाउँबाट नमुना संकलन गरेर एम्बुलेन्सको माध्यमबाट काठमाण्डौ ल्याउने गरिएको थियो । 

उनले कतिपय व्यक्तिले लकडाउनले विगतको हडतालजस्तै मानेर निश्चित समय ५ बजेपछि खुल्छ भन्ने भ्रममा नपर्न सबैलाई अनुरोध समेत गरे । “यो रोग कुनै समयसिमाभित्र नआउने भन्ने निक्र्योल छैन । हामी सबै समयमा सावधान रहनुपर्छ”, उनले भने, ‘खाद्य पदार्थ, औषधीजन्य पदार्थ किन्नका लागि थप व्यवस्थित कसरी बनाउने भन्नेमा हामी विचार गर्दैछौँ । सङ्कट थपिँदै जाँदा, अभाव बढ्दै जाने भएकाले राज्यले त्यसको उपयुक्त निकास दिने  ।’

दैनिक उपयोग्य वस्तु सिमित ठाउँमा पुर्याउन राति २ देखि ५ बजेसम्म समय तोक्ने हो भने भिडभाडबाट बच्न सकिने उनको भनाइ थियो । औषधी र उपकरण अभाव रहेका ठाउँमा सरकारसँग उपलब्ध गरेको सामग्री पठाउने तयारी गरेको उनको भनाइ छ ।

‘सीमित साधन हामीसँग अहिले पनि सुरक्षित रहेको छ । व्यक्तिगत सुरक्षा सामग्री पीपीई लगायतका सामग्री हामीले आफैँँले पनि उत्पादन गर्न थालेका छौँ’, उनले भने, ‘अब सामग्रीको अभाव नहुने भएकोले आवश्यकता अनुसार अस्पतालमा पठाउँछौँ ।’

कोरोना भाइरसको परीक्षण गर्ने र निर्क्योल गर्नेसम्मको काम टेकु अस्पतालले गर्नेगरी माध्यम अस्पलालको रुपमा राखी त्यहाँबाट पाटन अस्पतालमा बिरामी पठाइने व्यवस्था समेत गरिएको उनले जानकारी दिए।

महामारीको युद्धमा सरकार रहेको बताउँदै मन्त्री ढकालको संयोजकत्वमा अनुगमन समिति र सचिवको नेतृत्वमा रहेको कार्यनिर्देशित समिति गठन गरिएको जानकारी दिए। 

मन्त्री ढकालले आज फेरि गत चैत ६ गते कतारबाट नेपाल आएका धादिङका ३२ वर्षीया एक पुरुषमा ‘पोजेटिभ’ भेटिएको जानकारी दिए । उनले बिसँग बसेका र सँगै आएकाको खोजतलास गरी क्वारेन्टाइनमा राखेर परीक्षण गराउन आफूहरु जुटेको बताए ।

प्रकाशित मिति: : 2020-03-26 19:33:51

प्रतिकृया दिनुहोस्