१३ वर्षदेखि बेपत्ता अमेरिकी एजेन्टको इरानकाे जेलमा मृत्यु

१३ वर्षदेखि बेपत्ता अमेरिकी एजेन्टको इरानकाे जेलमा मृत्यु

अमेरिकाको फेड्रल ब्यूरो अफ इनभेस्टिगेशन (एफबिआई) का एक पूर्वएजेन्टको निधन भएको छ।

१३ वर्षअघि इरानको एक आइल्याण्डको भ्रमणको क्रममा बेपत्ता भएका उजेन्ट रोबर्ट लेविन्सनको इरानकै जेलमा निधन भएको उनको परिवारका सदस्यले बताएका हुन्। अमेरिकी अधिकारीबाट प्राप्त जानकारी अनुसार लेविन्सनको निधन भएको उनको परिवारले बताएको हो।  ‘हामीलाई परेको पीडा परिभाषित गर्न असम्भव छ,’उनको परिवारले भनेको छ।

उनी सन् २००७ मा इरानको किश आइल्याण्ड भ्रमणमा गएका बेला बन्धक बनाइएका थिए। उनी अमेरिकाको गुप्तचर निकाय सिआइएको मिसनका लागि काम गर्न इरान गएको परिवारका सदस्यले बताएका छन्।

लेविन्सन सन् १९९८ मा एफबिआईबाट अवकास प्राप्त गरेका थिए। तर सिआइएमा व्यक्तिगत अनुसन्धानकर्ताका रुपमा कार्यरत थिए।

उनलाई इरानका गुप्तचर अधिकारीले अपहरण गरेको र वासिङ्गटनलाई दबाबमा राख्ने माध्यमका रुपमा प्रयोग गर्न चाहेको अमेरिकी अधिकारीले बताउने गरेका थिए।

प्रकाशित मिति: Mar 26, 2020 08:01:52

प्रतिक्रिया दिनुहोस

सबै