कोरोना भाइरस : १ लाख १३ हजारभन्दा बढी उपचारपछि निको भए

कोरोना भाइरस : १ लाख १३ हजारभन्दा बढी उपचारपछि निको भए

विश्वका विभिन्न देशमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २१ हजार नाघेको छ। 

गएको २४ घण्टामा सबैभन्दा धेरै इटलीमा ६ सय ८३ र स्पेनमा ६ सय ५६ जनाको ज्यान गएको छ। योसँगै विश्वभरि कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २१ हजार एक सय ७८ पुगेको छ। 

अहिलेसम्म चार लाख ६७ हजार आठ सय ९० जनामा संक्रमण देखिएकोमा एक लाख १३ हजार आठ सय ९ जना निको भएका छन्। 

सबैभन्दा धेरै चीनमा ८१ हजार दुई सय १८ जनामा संक्रमण पुष्टि भएकोमा ७३ हजार ६ सय ५० जना उपचारपछि निको भएका छन् भने चार हजार दुई सय ८७ जनाले उपचार गराइरहेका छन्। 

यस्तै चीनपछि इटलीमा सबैभन्दा धेरै ७४ हजार तीन सय ८६ जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँ अहिलेसम्म ९ हजार तीन सय ६२ जना उपचारपछि स्वस्थ भएका छन् भने ५७ हजार पाँच सय २१ जनाको उपचार भइरहेको छ। 

इटालीपछि अमेरिकामा संक्रमितको संख्या धेरै छ। अमेरिकामा ६५ हजार ६ सय ५२ जनामा संक्रमण पुष्टि भएकोमा ९ सय ३१ जनाको ज्यान गएको छ भने तीन सय ९४ जना मात्रै निको भएका छन्। अमेरिकामा ६४ हजार तीन सय २७ जनाको उपचार भइरहेको छ।

स्पेनमा संक्रमितको संख्या कम छ। स्पेनमा मात्रै ४९ हजार पाँच सय १५ जनामा संक्रमण पुष्टि भएकोमा ६ सय ५६ जनाको ज्यान गएको छ भने पाँच हजार तीन सय ६७ जना निको भएका छन्। ४० हजार पाँच सय एक जना उपचाररत छन्। 

स्पेनपछि जर्मनीमा ३७ हजार तीन सय ३२ जनामा संक्रमण पुष्टि भएकोमा दुई सय ६ जनाको ज्यान गएको छ। तीन हजार पाँच सय ४७ जना निको भएका छन्। अहिले ३३ हजार पाँच सय ७० जना उपचार गराइरहेका छन्। 

यस्तै इरानमा २७ हजार १७ जनामा संक्रमण भएकोमा दुई हजार ७७ जनाको ज्यान गएको छ भने ९ हजार ६ सय २५ जना स्वस्थ भएका छन्। १५ हजार तीन सय १५ जनाको उपचार चलिरहेको छ। 

यसैगरी फ्रान्समा २५ हजार दुई सय ३३ जनामा संक्रमण भएकोमा एक हजार तीन सय ३१ जनाको ज्यान गएको छ। तीन हजार ९ सय जना निको भएका छन् भने २० हजार दुई जनाको उपचार भइरहेको छ। 

अहिले विश्वका एक सय ९७ देश र जापानको योकोहामा बन्ददरगाहमा पुगेको अन्तर्राष्ट्रिय पानी जहाजमा गरी तीन लाख ३२ हजार ९ सय तीन जनाको उपचार भइरहेको छ। एक लाख १३ हजार आठ सय ९ जना उपचारपछि स्वस्थ भएका छन्। 

प्रकाशित मिति: Mar 26, 2020 08:06:14

प्रतिक्रिया दिनुहोस