एजेन्सी
चीन पछि विश्वमै सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण फैलिरहेको इटालीकी एक नर्सले आत्महत्या गरेकी छन्।
बेलायतको चर्चित पत्रिका टेलिग्राफका अनुसार कोरोना भाइरस संक्रमित ३४ वर्षीया नर्स डेनिला ट्रेज्जीले सुसाइट नोट लेखेर आत्महत्या गरेकी हुन्।
कोरोना संक्रमितकै उपचारमा रातदिन खटिएकी ट्रेज्जीले आफूलाई पनि कोरोना संक्रमण भएपछि अरूलाई थप संक्रमण नहोस् भन्नका लागि आत्महत्या गरेकी हुन्।
टेलिग्राफका अनुसार उनी इटालीको लोम्बार्दी क्षेत्रमा पर्ने मोन्जास्थित सान जेर्राडो अस्पतालको इन्टेन्सिभ केयर युनिटको नेतृत्व गर्दे संक्रमितको उपचार खटिइरहेकी थिइन्।
‘कोरोना भाइरसबाट संक्रमितको उपचार गर्दागर्दै म आफैं संक्रमित भएँ। अब अरू मानिसलाई संक्रमित गर्ने बोझ सहन सक्ने क्षमता मभित्र छैन। त्यसैले अरू धेरैको जीवन बचाउन आफ्नै जीवन अन्त्य गर्ने निर्णय लिएकी छु,’ उनले सुसाइड नोटमा लेखेकी छन्।
उनको आत्महत्यापछि सबै चिकित्सक र सिंगो मुलुक स्तब्ध भएको इटालीको नर्स महासंघले जनाएको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया