शुक्रबार, ११ जुलाई २०२५

अफिसमा काम वा घरमै बसेर गरिने काम : कुन बढी प्रभावकारी ?

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौँ
2020-03-27 00:37:36
News Image
• • •

कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणका कारण यतिबेला देश ‘लकडाउन’मा छ । नेपालमात्रै होइन विश्वका कयौँ देशहरुमा समेत अहिले मानिसहरुलाई घर बाहिर जान दिइएको छैन । घरबाहिर निस्कन नसक्दा अहिले कतिपय व्यवसाय बन्द छन् । कतिपय आंशिक रुपमा मात्रै प्रभावित भएका छन् । केही व्यवसाय सामान्य रुपमै सुचारु हुँदा केही व्यवसाय यस्ता छन् जसले सामान्य अवस्थामा भन्दा पनि बढी ‘बिजिनेस’ पाइरहेका छन् ।

खासगरी, मोबाइल र इन्टरनेट सेवा प्रदायक, भुक्तानी सेवा प्रदायकहरुको काम अहिले पहिलेभन्दा बढी छ । यो नेपालमा मात्रै होइन विश्वकै हकमा लागु भइरहेको छ । सामाजिक सञ्जालहरुको प्रयोग बढिरहेको छ । त्यससँगै अनलाइन कारोबारको माग पनि अहिले बढ्दै गएको छ । एक साताअघि गरिएको अध्ययनले युरोपमा अनलाइन बिक्री ५२ प्रतिशतले बढेको देखिएको छ भने ८ प्रतिशत अनलाइन पसलहरु थपिएका छन् ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?