बिएल संवाददाता
टेनिस स्टार रोजर फेडेरर र उनकी श्रीमती मिर्काले स्वीट्जरल्याण्डका कोरोना भाइरसबाट असुरक्षित परिवारलाई एक मिलियन स्विस फ्रांक सहयोग गरेका छन्।
स्वीटजरलयाण्डमा अहिलेसम्म १० हजार बढी कोरोनाबाट संक्रमित छन् भने १३५ जनाको मृत्यु भइसकेको छ। सोही कारण फेडेरर दम्पतीले कोरोनाबाट प्रभावित परिवारका लागि आर्थिक सहयोगको घोषणा गरेका हुन्।
‘यो सबैका लागि चुनौतीपूर्ण समय हो। कोही पछाडी हट्ने समय हैन।’ फेडेररले ट्वीटरमा भनेका छन्। ‘हाम्रो सहयोग सुरुवात मात्र हो। धेरै परिवारलाई यसको आवश्यकता छ र आशा गर्छौं अरु सहयोग समेत जोडिनेछन्।’ उनीहरुले आर्थिक अवस्था कमजोर भएका परिवारलाई सहयोग गर्न अपिल गरेका छन्।
गत साता विम्बलडन च्याम्पियन सिमोना हालेपले आफ्नो देश रोमानियामा मेडिकल सामाग्री खरिदका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेकी थिईन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया