बिएल संवाददाता
टेनिस स्टार रोजर फेडेरर र उनकी श्रीमती मिर्काले स्वीट्जरल्याण्डका कोरोना भाइरसबाट असुरक्षित परिवारलाई एक मिलियन स्विस फ्रांक सहयोग गरेका छन्।
स्वीटजरलयाण्डमा अहिलेसम्म १० हजार बढी कोरोनाबाट संक्रमित छन् भने १३५ जनाको मृत्यु भइसकेको छ। सोही कारण फेडेरर दम्पतीले कोरोनाबाट प्रभावित परिवारका लागि आर्थिक सहयोगको घोषणा गरेका हुन्।
‘यो सबैका लागि चुनौतीपूर्ण समय हो। कोही पछाडी हट्ने समय हैन।’ फेडेररले ट्वीटरमा भनेका छन्। ‘हाम्रो सहयोग सुरुवात मात्र हो। धेरै परिवारलाई यसको आवश्यकता छ र आशा गर्छौं अरु सहयोग समेत जोडिनेछन्।’ उनीहरुले आर्थिक अवस्था कमजोर भएका परिवारलाई सहयोग गर्न अपिल गरेका छन्।
गत साता विम्बलडन च्याम्पियन सिमोना हालेपले आफ्नो देश रोमानियामा मेडिकल सामाग्री खरिदका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेकी थिईन्।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया