बिएल संवाददाता
सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकालाल चौधरीले अपशब्द बोलेको भन्दै नेपाल पत्रकार महासंघ सुनसरी शाखाले आपत्ति जनाएको छ।
पत्रकार महासंघ सुनसरी शाखाले बिहीबार विज्ञप्ति निकालेर मेयर चौधरीबाट पटक–पटक प्रेस विरोधी दुर्व्यवहार हुँदै आएको भन्दै आपत्ति जनाएको छ। यस्ता कार्य नियन्त्रणगर्न समेत पत्रकार महासंघ जिल्ला शाखाले माग गरेको छ।
के भएको थियो
स्थानीय एरेना टेलिभिजनको स्टुडियोबाट प्रावधिकले मेयर चौधरीलाई फोन गर्छन् र आफू टेलिभिजनबाट भन्छन्।
कोरोना भाइरस फैलिन नदिनका लागि नगरपालिकाले के कस्ता कार्य गरेको छ? भनेर कुराकानी गर्न खोज्दा मेयर चौधरीले इन्कार गरेका छन्।
मेयर चौधरी ‘के रे’ भन्दै रुखो जवाफ फर्काउँछन्।
प्रावधिकले फेरि टेलिभिजनबाट भन्छन्। त्यसपछि मेयर चौधरीले फोन राख मु..... भन्छन्। प्रावधिक हैन यो हाम्रो ‘ भन्दै कुराकानी गर्नका लागि आग्रह गर्न खोज्छन्। मेयर चौधरी अश्लील शब्द – फोन राख तेरो बाउलाई फोन गर्छस मा’ प्रयोग गर्छन्।
इटहरीका मेयर चौधरी यसअघि पनि पत्रकारलाई लोपारिदिने अभिव्यक्तिका कारण विवादमा आएका व्यक्ति हुन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया