बिएल संवाददाता
सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकालाल चौधरीले अपशब्द बोलेको भन्दै नेपाल पत्रकार महासंघ सुनसरी शाखाले आपत्ति जनाएको छ।
पत्रकार महासंघ सुनसरी शाखाले बिहीबार विज्ञप्ति निकालेर मेयर चौधरीबाट पटक–पटक प्रेस विरोधी दुर्व्यवहार हुँदै आएको भन्दै आपत्ति जनाएको छ। यस्ता कार्य नियन्त्रणगर्न समेत पत्रकार महासंघ जिल्ला शाखाले माग गरेको छ।
के भएको थियो
स्थानीय एरेना टेलिभिजनको स्टुडियोबाट प्रावधिकले मेयर चौधरीलाई फोन गर्छन् र आफू टेलिभिजनबाट भन्छन्।
कोरोना भाइरस फैलिन नदिनका लागि नगरपालिकाले के कस्ता कार्य गरेको छ? भनेर कुराकानी गर्न खोज्दा मेयर चौधरीले इन्कार गरेका छन्।
मेयर चौधरी ‘के रे’ भन्दै रुखो जवाफ फर्काउँछन्।
प्रावधिकले फेरि टेलिभिजनबाट भन्छन्। त्यसपछि मेयर चौधरीले फोन राख मु..... भन्छन्। प्रावधिक हैन यो हाम्रो ‘ भन्दै कुराकानी गर्नका लागि आग्रह गर्न खोज्छन्। मेयर चौधरी अश्लील शब्द – फोन राख तेरो बाउलाई फोन गर्छस मा’ प्रयोग गर्छन्।
इटहरीका मेयर चौधरी यसअघि पनि पत्रकारलाई लोपारिदिने अभिव्यक्तिका कारण विवादमा आएका व्यक्ति हुन्।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया