भाटभटेनीले होम डेलिभरी गर्ने, खाद्यान्न र फलफूल तथा तरकारी चाहिएमा फोन गर्नुहोस्

भाटभटेनी सुपरमार्केटले खाद्यान्न, फलफूल तथा तरकारी उपभोक्ताको घरमै पुर्‍याउने भएको छ। कोरोनाभाइरसको महामारी नियान्त्रण र रोकथामका लागि सरकारले देश लकडाउन गरेको अवस्थामा सर्वसाधारणलाई खाद्यान्न तथा तरकारी खरिदका लागि सहज होस भनेर ग्रोसरीहरुलाई होम डेलिभरीको व्यवस्था गर्न गृह मन्त्रालयले निर्देशन दिएसँगै भाटभटेनीले यसको सुरुवात गरेको हो।

गृह मन्त्रालयले ग्रोसरीहरुलाई डेलिभरी भ्यान मार्फत् खाद्यान्न, फलफुल तथा तरकारी घरघरमा पुर्‍याउन निर्देशन दिएपछि भाटभटेनी सुपरमार्केटले कल, भाइबर वा ह्वाट्स एपबाट कल र म्यासेजमार्फत् यो सुविधा सुरु गरेको छ ।

भाटभटेनीले आफ्ना सवै स्टोरबाट खाद्यान्नलगायतका सामान उपलब्ध गराउने जनाएको छ । त्यसका लागि ९८०१२४६८०६, ९८०१२४१४४९, ९८०१११८८३७ मा फोन गरी अर्डर गर्ने व्यवस्था भाटभटेनीले गरेको छ ।

काठमाडौं उपत्यकाभित्र रहेका खाद्यवस्तुका सबै स्टोर एवम् बिक्रेताहरुले आ–आफ्ना डेलिभरी भ्यानमार्फत् आवश्यक दैनिक उपभोग्य वस्तुहरुको सहज आपूर्तिको व्यवस्था मिलाउन गृह मन्त्रालयले निर्देशन दिएको हो। आवश्यक पर्ने डेलिभरी भ्यानलाई सवारी पासको व्यवस्था सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले मिलाउने पनि बताएको छ।

प्रकाशित मिति: : 2020-03-27 09:24:39

प्रतिकृया दिनुहोस्