शुक्रबार, ११ जुलाई २०२५

‘सरकारले तत्काल कडा कदम उठाए ३ करोड जनताको ज्यान बचाउन सकिन्छ’

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
2020-03-27 20:29:47
News Image
• • •

वैज्ञानिकहरुले यदि सरकारले तत्काल कडा कदम उठाए लगभग तीन करोड जनताको ज्यान बचाउन सकिने बताएका छन्। लण्डनको इम्पेरियल कलेजका वैज्ञानिकले आफ्नो एक अध्ययनमा संसारभरीका सरकारले तत्काल कडा कदम उठाए लगभग तीन करोड जनताको ज्यान बचाउन सकिने जानकारी दिएका हुन्।

वैज्ञानिकले भने, ‘यदि तुरुन्तै कडा कदम उठाइए करोडौंको मृत्यु रोक्न सकिन्छ, नभए यो असम्भव छ।’

तर संसारभरीका सरकारले कोरोना भाइरससँग जुध्नका लागि सही समयमा सही कदम उठाउन असफल रहे करोडौं व्यक्तिको मृत्यु हुनसक्ने पनि बताएका छन्। 

वैज्ञानिकले खराब स्वास्थ्य सुविधा भएका विकासशील देशमा यो खतरा २५ गुणा बढी हुनसक्ने अनुमान गरेका छन्। यद्यपि, उनीहरुले यो आफ्नो मोटो आँकलन भएकोसमेत जानकारी दिएका छन्।
 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?