भोला लामिछाने
स्पेनकाे क्याटलान शहर बार्सिलाेनामा दुई परिवारका ६ नेपालीमा काेरोना भाइरसकाे संक्रमण फेला परेकाे छ। पछिल्लाे समय स्पेनमा काेराेना महामारीकाे रुपमा फैलिरहेकाे छ। बिहीबारसम्म स्पेनमा ४ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्। यसकाे चपेटामा नेपाली पनि परेका हुन्।
बिगत एक सातादेखि केही दुई परिवारका नेपाली दाजुभाई–दिदीबहिनीमा सामान्य ज्वराे आउनुका साथै खोकी लागेकाे थियाे। कोरोनाको आशंकाका बीच उनीहरु बार्सिलोनाकाे अस्पतालमा चेकजाँचका लागि जाँदा ६ जनामा पुष्टी भएकाे थियाे।
काेराेनाकाे संक्रमण सकारात्मक देखिएका ६ नेपालीमध्ये एक जनाकाे अवस्था खराब रहेकाे बताइएकाे छ। अस्पतालमा चेकजाँच गर्न गएका नेपालीलाई सुरुमा अवस्था सामान्य भएकाे भनेर घरमै आराम गर्न चिकित्सकले सुझाव दिएकाे र घर फर्किएपछि परिवारका अन्य सदस्यलाई पनि संक्रमण सुरु भएकाे पारिवारीक श्राेतले बिएल नेपाली सेवालाई जानकारी दिएकाे छ।
अवस्था खराब रहेकाे बताइएकाे नेपालीकाे उमेर ४३ वर्ष छ। पारिवारीक अनुराेधमा संक्रमणकारीकाे नाम गाेप्य राखिएकाे छ।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया