 
                                            
                                        
                                     
                                भोला लामिछाने
 
                                स्पेनकाे क्याटलान शहर बार्सिलाेनामा दुई परिवारका ६ नेपालीमा काेरोना भाइरसकाे संक्रमण फेला परेकाे छ। पछिल्लाे समय स्पेनमा काेराेना महामारीकाे रुपमा फैलिरहेकाे छ। बिहीबारसम्म स्पेनमा ४ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्। यसकाे चपेटामा नेपाली पनि परेका हुन्।
बिगत एक सातादेखि केही दुई परिवारका नेपाली दाजुभाई–दिदीबहिनीमा सामान्य ज्वराे आउनुका साथै खोकी लागेकाे थियाे। कोरोनाको आशंकाका बीच उनीहरु बार्सिलोनाकाे अस्पतालमा चेकजाँचका लागि जाँदा ६ जनामा पुष्टी भएकाे थियाे।
काेराेनाकाे संक्रमण सकारात्मक देखिएका ६ नेपालीमध्ये एक जनाकाे अवस्था खराब रहेकाे बताइएकाे छ। अस्पतालमा चेकजाँच गर्न गएका नेपालीलाई सुरुमा अवस्था सामान्य भएकाे भनेर घरमै आराम गर्न चिकित्सकले सुझाव दिएकाे र घर फर्किएपछि परिवारका अन्य सदस्यलाई पनि संक्रमण सुरु भएकाे पारिवारीक श्राेतले बिएल नेपाली सेवालाई जानकारी दिएकाे छ।
अवस्था खराब रहेकाे बताइएकाे नेपालीकाे उमेर ४३ वर्ष छ। पारिवारीक अनुराेधमा संक्रमणकारीकाे नाम गाेप्य राखिएकाे छ।
 
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया