कोरोनाविरुद्धकाे कोषमा धोनीले १ लाख रुपैयाँ दिएको समाचार गलत

एजेन्सी

काठमाडाै‌ं

भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीले कोरोना भाइरसविरुद्धको अभियानमा दिएको १ लाख रुपैयाँको समाचार गलत रहेको पुष्टि भएको छ।

उनकी श्रीमती साक्षी धोनीले कुनै पनि सहयोग नगरेको प्रष्ट पारेकी छिन्।

साथै उनले गलत खबर सार्वजनिक गर्नेलाई कारबाही गर्न माग गरेकी छिन्। 

भारतीय केही सञ्चारमाध्यमले धोनीले १ लाख सहयोग गरेको बताएका थिए।

त्यसपछि सामाजिक सञ्जालमा वार्षिक ८०० करोड कमाउनेले जम्मा १ लाख दिएको भन्दै धोनीको मजाकमा उडाइएको थियो। तर, धोनीकी श्रीमती साक्षीले ट्वीटर मार्फत खबरको खण्डन गरेकी हुन्।

यता सचिन तेन्दुलकर र सौरभ गांगुलीले ५० लाख सहयोग गरेको विभिन्न समाचारहरु प्रकाशित भएका छन्।

प्रकाशित मिति: : 2020-03-29 01:18:02

प्रतिकृया दिनुहोस्