कोरोना भाइरससँग जुध्न भारतले के गर्नुपर्छ?

देखापढी

काठमाडा‌ै‌ै

डा. रामानन लक्ष्मीनारायण

देशमा कोरोना भाइरसको संक्रमण फैलिन नपाओस् भनेर ११ चैतमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना १ अर्ब ४० करोड जनतालाई २१ दिनसम्म घरभित्रै बस्न अनुरोध गरे। जनवरीको अन्तिमतिर देशमा कोरोना भाइरसबाट संक्रमित पहिलो व्यक्ति भेटिएसँगै भारतले अन्तर्राष्ट्रिय उडान कटौती गरेको थियो भने विमानस्थलमा जाँच शुरु गरेको थियो। यद्यपि भाइरसको संक्रमण फैलिरहेका युरोपेली देश र खाडी मुलुकबाट दैनिक ८० हजार व्यक्ति भारत भित्रिइरहे। अर्कोतर्फ देशैभर करोडौं मानिसहरू सघन बस्तीमा बस्छन्। खासगरी उनीहरू अति नै बढी जनघनत्व भएको सुकुम्बासी बस्तीमा बस्छन् जहाँ स्वास्थ्य सुविधा निकै नै कमजोर छ। यी सबै तथ्यबीच रोग फैलिन नपाओस् भनेर सरकारले ‘लकडाउन’ (बन्दाबन्दी) घोषणा गर्न आवश्यक थियो।

वर्षौंदेखि म भारत, युरोप र अमेरिकाका विभिन्न अनुसन्धानकर्मीहरूसँग मिलेर भारतीय जनसंख्यामा आधारित बृहत् आकारको कम्प्युटर मोडल विकास गर्ने अनुसन्धानमा सहभागी छु। भारतको परिस्थिति र अन्य देशहरूको तथ्यको आधारमा हामीले यो महामारीको विपत्ती सन्निकट भएको आकलन गरेका छौं।

प्रकाशित मिति: : 2020-03-29 08:23:22

प्रतिकृया दिनुहोस्