कोरोनाको संकेत देखियो ? अब सेनाको मोबाइल एपमार्फत् तुरुन्त जानकारी दिनुहाेस्

बिएल संवाददाता

काठमाडाै‌ं

 

कोरोना महामारीको सम्भावित खतरालाई मध्यनजर गर्दै सर्वसाधारणबाट सूचना प्राप्त गरी आकस्मिक सेवा उपलव्ध गराउने उद्देश्यले नेपाली सेनाले कोभिड–१९ रेस्पोन्स यप नेपाल (covid-19 response App-nepal) नामक मोबाइल एप प्रयोगमा ल्याएको छ।

सेनाले एक विज्ञप्ति जारी गरी सो कुराको जानकारी दिएको हो। उक्त मोबाइल एपबाट सर्वसाधारणले आफ्नो परिवार, छरछिमेक तथा साथीभाईमा कोभिड–१९ सम्बन्धी लक्षण देखिने विवरण पठाउन मिल्ने व्यवस्था गरिएको छ।। साथै यस Mobile App मार्फत प्राप्त हुने डाटाहरुलाई नेपाली सेनाले आवश्यक ब्यवस्थापन, बिश्लेषण तथा बिरामीसँगको पहुँच स्थापना गर्न प्रयोगमा ल्याउने  नेपाली सेनाले विश्वास लिएको छ।

उक्त मोबाइल एप सेनाको वेभसाइट www.nepalarmy.mil.np बाट डाउनलोड गर्न सकिने समेत जानकारी दिइएको छ। तर हाललाई भने यो एप एनरोइड मोबाइल फोनको लागि मात्र तयार गरिएको र केही दिनमै एप्पल मोबाइल फोनका लागि समेत तयारी गरिने सेनाले जनाएको छ।

यसको प्रयोग गर्न सुरुमा प्रयोगकर्ताले आफ्नो व्यक्तिगत विवरण उपलब्ध गराउनु पर्ने छ। तत् पश्चात् प्रयोगकर्ताले नेपाली सेनाले जारि गरेका सूचनाहरु सहज रुपमा प्राप्त गर्ने छन्।

प्रयोगकर्ताले आफ्नो परिवार, छर छिमेक तथा साथी भाईमा COVID-19 सम्बन्धि कुनै लक्षण देखिएमा बिरामीको ब्यक्तिगत विवरण तथा लक्षणको विवरण उपलब्ध गराउन सक्नेछन्। बिरामीको लक्षणको विवरण प्रत्येक २४ घण्टामा एक पटक वा बिरामीको स्थितीमा परिवर्तन आएमा सोको विवरण पूनः अध्यावधिक गर्न अनुरोध गरिन्छ।

यस App को प्रयोगको बिधि तथा गोपनियताको नीतिको लागि नेपाली सेनाको वेभ साईट http://health.mil.np बाट समेत प्राप्त गर्न सकिनेछ।

प्रकाशित मिति: : 2020-03-29 22:18:09

प्रतिकृया दिनुहोस्