रासस
कोरोना भाइरसको सङ्क्रमण बढ्ने आशङ्कामा वैदेशिक रोजगार बोर्डले हालै वैदेशिक रोजगारबाट फर्केका युवालाई निश्चित अवधिसम्म एकान्तवासमा बस्न आग्रह गरेको छ।
नेपालमा अहिलेसम्म विदेशबाट फर्केका व्यक्तिमा मात्र कोरोनाको सङ्क्रमण देखिएको अवस्थामा बोर्डले गन्तव्य मुलुकबाट भर्खरै स्वदेश फर्केका युवालाई १४ दिन क्वारेन्टाइनमा बसेर सहयोग गर्न आग्रह गरेको हो।
क्वारेन्टाइन अवधिपछि मात्र आफ्ना परिवार, साथीभाई तथा आफन्तसँग भेटघाट गरिदिन पनि बोर्डले अनुरोध गरेको छ।
बोर्डले एक्कासि उच्च ज्वरो आएमा, श्वास फेर्न गाह्रो भएमा वा निरन्तर खोकी लाग्ने समस्या देखिएमा तत्कालै स्वास्थ्य संस्थामा गई स्वास्थ्य परीक्षण गराउन पनि अपिल गरेको छ।
कोरोनाका कारण विश्व समुदाय नै आक्रान्त बनेको अवस्थामा आफू जहाँ भए पनि अनुशासित भई सरकारको निर्देशन पालना गर्न बोर्डले आग्रह गरेको छ। सरकारले कोरोना भाइसरको सङ्क्रमण बढ्न सक्ने भन्दै पहिलो चरणमा यही चैत १८ गतेसम्म लकडाउन गरेको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया