अमेरिकामा यी बहादुर नेपालीसँग हार्‍यो कोरोना

बिएल संवाददाता

न्युयोर्क, अमेरिका

अमेरिकामा एक बहादुर नेपालीसँग कोरोना नराम्ररी पराजित भएको छ। ती बहादुर नेपाली हुन् - शम्भु मोक्तान। उनी कोरोनामाथि विजय हासिल गरेर घरमै थप आराम  गरिरहेका छन्। 

कोरोना युद्धमा परेका केही नेपालीले आफ्नो परिचय लुकाएर कायर काम गरे। तर, यी बहादुर नेपालीले भने आफ्नो परिचय दिएर यहाँको नेपाली समुदायलाई सुसूचित  मात्र गरेनन्, सबैलाई गुन पनि लगाए। यसैले पनि यी बहादुर योद्धा हुन्, रोम मोेडल योद्धा हुन्।

उनले यतिबेला घरमै आइसोलेसनमा बस्न र सोसल डिस्टान्सिङ कायम गर्न आग्रह गर्दै भने, 'कोरोना भएमा लुकाउनु हुदैन। सबैलाई जानकारी दिनुपर्छ  जानकारी दिइयो भने अरूलाई पनि थाहा हुन्छ र यो सर्नबाट रोकिन्छ।'

अमेरिकामा कोरोनासँग युद्ध लड्ने यी दुई नेपाली मात्र छैनन्, कम्तीका एक दर्जन नेपाली भएको बताइएको छ। तर, उनीहरू भने आफ्नो परिचय सार्वजनिक गर्न चाहिरहेका छैनन्। उनीहरूको यो व्यवहारलाई लिएर नेपाली समुदायमा मिश्रित प्रतिक्रिया पाइएको छ। 

न्युयोर्कमै अर्का एक बहादुर नेपाली जीवन बम पनि कोरोनासँग युद्ध लडिरहेका छन्। उनी न्युयोर्कको लङआइल्याण्डस्थित माउन्ट साइनाई अस्पतालमा भर्ना भएर युद्ध लडिरहेका छन्। उनको परिवारका एक सदस्यका अनुसार उनी युद्ध जित्ने अवस्थामा छन्। उनीसँग कोरोना लगभग हारिसकेको छ।

अमेरिकामा कोरोनासँग युद्ध लड्ने यी दुई नेपाली मात्र छैनन्, कम्तीका एक दर्जन नेपाली भएको बताइएको छ। तर, उनीहरू भने आफ्नो परिचय सार्वजनिक गर्न चाहिरहेका छैनन्। उनीहरूको यो व्यवहारलाई लिएर नेपाली समुदायमा मिश्रित प्रतिक्रिया पाइएको छ। केहीले उनीहरूको गोपनियताको अधिकारको सम्मान गर्नुपर्छ भनेका छन् भने धेरैले परिचय खुलाएको भए अरू सर्तक हुने थिए, सर्दैनथ्यो र नेपाली समुदायलाई गुन नै हुन्थ्यो भने। 

अमेरिकामा कोरोनासँग युद्ध लड्ने नेपाली हातको औलामा गन्न सकिने भए पनि अरूको संख्या लाखौंमा छ। यो समाचार पारिरहेको बेला एकलाख ४१ हजार ८५४ अमेरिकाबासी कोरोनाविरूद्ध युद्ध लडिरहेका छन्। अहिलेसम्म उसले २४७५ युद्धमोर्चामा जीत हासिल गरेको छ भने ४,४३५ मोर्चामा हार ब्यहोरेको छ। 

प्रकाशित मिति: : 2020-03-30 05:30:49

प्रतिकृया दिनुहोस्