पाकिस्तानका लेजेण्ड स्क्वास खेलाडीको कोरोनाका कारण निधन

एजेन्सी

काठमाडाै‌ं

पाकिस्तानका लेजेण्ड स्क्वास खेलाडी अजम खानको कोरोना भाइरसका कारण निधन भएको छ। उनको लण्डनमा उपचारको क्रममा निधन भएको हो। पछिल्लो साता कोरोना परीक्षणमा उनलाई पोजिटिभ देखिएको थियो। उनको इर्लिंग अस्पतालमा उपचार भइरहेको थियो।

९५ वर्षीय अजाम अर्को महान खेलाडी हाशिम खानका भाइ हुन्। अजमले सन् १९५९ देखि १९६१ सम्म लगातार ब्रिटिश ओपनको उपाधि जितेका थिए।

अजमले सन् १९६२ मा घाइते भएपछि र १४ वर्षीय छोराको निधन भएपछि खेल जीवन छोडेका थिए। २ वर्षको उपचार पछि उनी फिट भएका थिए तर छोराको निधनलाई भुल्न नसकेको उनले त्यसपछि फेरि खेल शुरु गरेनन्।

अजमले महत्वपूर्ण हार्डबल टुर्नामेन्ट युएस ओपन जितेका थिए।

प्रकाशित मिति: : 2020-03-30 12:32:09

प्रतिकृया दिनुहोस्