सुनामीझैँ छिटो र बमझैँ विस्फोट हुँदै कोरोना भाइरसको भयो विश्वयात्रा

सागर चन्द२०१९ को जनवरी अन्तिम साता चीनको वुहान प्रान्तमा देखापरेको कोरोना भाइरस (कोभिड –१९) अहिले संसारभर फैलिएको छ । यो भाइरसको संसार यात्रासँगै मानिसहरू आफ्नो जीवनशैली परिवर्तन गर्न बाध्य भएका छन् । मानिसको रौँभन्दा नाै सय गुणा सानो यो भाइरसले सारा संसार ठप्प पारिदिएको छ । मानिसहरू आफ्नैै घरमा बन्दीजस्तै भएर बस्न बाध्य भएका छन्  ।  

पहिलोपटक देखिएको यो भाइरसको औषधि पत्ता लागेको छैन । कोरोना संक्रमण र यसले पारेको असर सम्बन्धमा पछिल्ला तथ्यांक सार्वजनिक गरिरहेको वल्डोमिटरका अनुसार यो सामग्री तयार पारिएको समय (१७ चैत अपरान्हसम्म) यो भाइरसको संक्रमणबाट सात लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने ३४ हजारको मृत्यु भइसकेको छ । 

प्रकाशित मिति: : 2020-03-30 17:15:30

प्रतिकृया दिनुहोस्