संकटमा जन्मेका सामाजिक संगठनहरू महामारीमा कहाँ हराए?

देखापढी

काठमाडौं

कोरोना भाइरस संक्रमणको आशंकाले बुटवलको अस्थायी अस्पतालमा राखिएका श्रीमान् बाबुराम थापाको १६ चैतमा निधन भएपछि रिता दिनभर रुँदै बसिन्। छरछिमेक, आफन्त मात्र होइन समाजका जान्ने सुन्ने भद्रभलाद्मी कोही पनि उनको आँसु पुछ्न आएन। बेलुकीपख मात्र एकजना आफन्त आएर उनलाई लिएर गए। त्यस्तै संकट झेल्नुपर्‍यो धनगढीका कोरोना संक्रमितले पनि। उनलाई संक्रमणको शंका गरिएपछि एक हिसाबले बहिस्कृत जस्तै भए उनी।

लकडाउनको पहिलो दिन काठमाडौंको न्युरोड क्षेत्रमा भारी बोकेर जीवन गुजारा गरिरहेका भरियाहरू नाम्लो लिएर काम खोज्दै हिँडेका थिए। उनीहरूलाई के कारणले शहरका पसल र सडक एकाएक मानवविहिन हुनपुगे भन्ने पनि थाहा थिएन।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको एउटा टोलमा भारतबाट आएका केही युवा क्वारेन्टाइनमा बस्न मानेनन्। कसैले कतै केही भने कुट्ने धम्की पनि दिए। केही युवाले वडाध्यक्षलाई फोन गरेर उनीहरूबारे जानकारी गराएपछि अन्ततः क्वारेन्टाइनमा राखियो।

प्रकाशित मिति: : 2020-04-01 12:55:59

प्रतिकृया दिनुहोस्