शुक्रबार, ११ जुलाई २०२५

धार्चुलामा अलपत्र नेपाली : ६ दिनमा भात खायौँ, चिसै भुइँमा सुत्छौँ

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौं
2020-04-01 13:01:26
News Image
• • •

धार्चुलामा अलपत्र नेपालीले देश फर्कन याचना गरेका छन् । भारतमा विभिन्न ठाउँमा रोजगारीमा रहेका नेपालीहरू देश फर्कन पाउने आशामा दुई–तीनदिन लगाएर पैदलै सीमावर्ती धार्चुलामा आइपुगेका थिए ।

नेपाल सरकारले प्रवेशमा रोक लगाएपछि उनीहरू ‘घरपरिवारको मुख देख्न पाउँ’ भन्दै अनुरोध गरिरहेका छन् । 

नेपाल सरकारले दार्चुला सदरमुकाम खलङ्गा छिर्न रोक लगाएपछि सीमावर्ती इलाकामा झण्डै १२ सय नेपाली अलपत्र छन् । अहिले उनलाई भारत, पिथौरागढ जिल्लाकै स्थानीय प्रशासनले आधारभूत व्यवस्थापन त गरेको छ । त्यतिले नपुगेको अलपत्रहरूको भनाइ छ ।

देश छिर्न नपाएका नेपालीहरूलाई पिथौरागढ प्रशासनले जवाहरसिंह स्टेडियम, बलुवाकोट महाविद्यालय, जीआईसी जौलजीवी र काञ्जी हाउसमा व्यवस्थापन गरिएको छ ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?