जान्नैपर्ने कुराः कुन सतहमा कति बाँच्छ कोरोना भाइरस ?

देखापढी

काठमाडौँ

वातावरण र तापक्रममा भर पर्ने भए पनि विभिन्न वस्तुको सतहमा कोरोना भाइरस कम्तीमा एक दिन सक्रिय रहन्छ। 

काठमाडौं। भन्नै परेन, सिंगो मानव समुदाय एउटा नयाँ युद्ध लडिरहेछ। त्यो युद्ध हो- आँखाले नदेखिने जिवाणु विरुद्धको युद्ध। 

त्यसो त मानव समुदायको इतिहासमै यस्तो खालको लडाइँ नयाँ होइन। इतिहासमा मानिस प्लेग र बिफर जस्ता महामारीसँग मात्र होइन, अहिले सामान्य लाग्ने झाडापखालासँगै पनि यसैगरी जुधेको छ। फरक यत्ति हो, आफ्नो अस्तित्वको इतिहासमा धेरै समयसम्म मानव जातिलाई रोग कसरी लाग्छ भन्ने नै थाहा थिएन। 

समय फेरिएको छ। अहिले हामीलाई सताइरहेको कोभिड–१९ रोग के कारणले लाग्छ भन्ने हामीलाई थाहा छ। त्यो नदेखिने दुश्मनको वैज्ञानिकहरूले राखिदिएको असली नाम हो– सार्स–कोभ–२ (क्ब्च्क्(ऋयख्(द्द०। यसलाई हामी सबैले नोबल कोरोना भाइरस भनी चिन्छौँ। 

मानव जातिलाई उसको नाम मात्र होइन, आकार–प्रकार पनि थाहा छ। त्यही क्या फुटबल जस्तो डल्लो, जसको सतहमा काँडाहरू उम्रिएका हुन्छन्। वैज्ञानिकहरूले त यसको गुदीमा भएको आरएनएको सुत्रहरू समेत पत्ता लगाइसकेका छन्। यो नदेखिने दुश्मन हाम्रो शरीरभित्र छिरेपछि के–के गर्छ र कसरी हाम्रो शरीरलाई आक्रान्त तुल्याइदिन्छ भन्ने पनि उनीहरूलाई थाहा छ। 

प्रकाशित मिति: : 2020-04-04 07:44:28

प्रतिकृया दिनुहोस्