च्याम्पियन्स लिग र युरोपा लिगको फाइनल खेल अगस्टमा

बिएल संवाददाता

काठमाडाै‌ं

च्याम्पियन्स लिग र युरोपा लिगको फाइनल खेल अगस्टमा हुने भएको छ। कोरोना भाइरसका कारण युईएफएले बुधबार मात्र च्याम्पियन्स लिग र युरोपा लिग फुटबल अनिश्चितकालका लागि स्थगित भएको थियो।

युरोपियन फुटबल महासंघ (युईएफए) का अध्यक्ष एलेक्जेन्डर सेफरिनले जर्मन टेलिभजनसँगको अन्तर्वार्तामा च्याम्पियन्स लिग र युरोपा लिगको फाइनल खेल अगस्टको पहिलो साता हुने बताएका छन्।

‘यी दुवै प्रतियोगिता अगस्ट ३ तारिखसम्म सकिने छ। परिस्थिति सहज भएमा त्यसअघि नै सकिने प्रयास हुनेछ,’ सेफरिनले भनेका छन्। 

च्याम्पियन्स लिगमा प्रिक्वार्टरफाइनलको दोस्रो लेग चल्दै गर्दा कोरोनाका कारण स्थगित भएको थियो। युरोपा लिगको प्रिक्वार्टरफाइनल खेलको पहिलो लेग नै सकिएको छैन।

कोरोनाका कारण अहिले युरोकप, कोपा अमेरिका, ओलम्पिक, महिला युरो कप फुटबल लगायत ठूला प्रतियोगिता एकबर्ष पछि सरेको छ। 
 

प्रकाशित मिति: : 2020-04-05 20:03:05

प्रतिकृया दिनुहोस्