बिएल संवाददाता
भारतीय क्रिकेटर युवराज सिंहले कोरोना भाइरसको महामारीसँग लड्न ५० लाख आर्थिक सहयोग गरेका छन्।
कोरोना उपचारका लागि भारतले स्थापना गरेको प्रधानमन्त्री कोषमा सिंहले शनिबार साँझ ५० लाख रुपैयाँ सहयोग गरेका हुन्। उनले महामारीबिरुद्व सबै एकजुट हुन अपिल समेत गरेका छन्।
कोरोना भाइरसको प्रकोप भारतमा दिन प्रतिदिन बढ्दै गइरहेको छ। भारतको मुम्बई शहरमा कोरोना भाइरस महामारीको ‘इपिसेन्टर’ बनेको छ। आइतबार मुम्बईमा संक्रमणका १०३ नयाँ संक्रमित देखिएको छ। योसँगै यहाँ ४ सय ३३ जना संक्रमित फेला परेका छन्। यता ३० जनाले ज्यान गुमाइसकेका छन्।
यस्तै, मध्यप्रदेशको राजधानी भोपालमा आइतबार २३ जना नयाँ संक्रमित फेला परेका छन् जसमध्ये ३ जना डाक्टर सामेल छन्।
भारतमा महाराष्ट्रमा सर्वाधिक ७९३ जना संक्रमित रहेका छन् भने ४५ जनाले ज्यान गुमाएका छन्। महाराष्ट्रपछि मध्यप्रदेश र तेलंगानामा १२–१२ जनाले ज्यान गुमाएका छन्।
संक्रमितको संख्या भने तमिलनाडु ५७१ जनासहित दोस्रो स्थानमा छ भने राजधानी दिल्लीमा ५०३ जना संक्रमित फेला परेका छन् भने ७ जनाले ज्यान गुमाएका छन्।
योसँगै देशमा कूल संक्रमितको संख्या ३ हजार ४९३ पुगेको छ। भारतको स्वास्थ्य मन्त्रालयले मृत्यु हुनेको संख्या ८३ पुगेको बताएको छ। यसमध्ये २७४ जना निको भएर घर फर्किसेका छन्। देशमा कोरोनासंक्रमित मध्ये २१ देखि ४० वर्ष उमेर समूहका सर्वाधिक ४२ प्रतिशत रहेका छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया