भारतीय क्वारेन्टाइनमा गरिएको व्यवस्थापनबाट नेपाली खुशी: सांसद् यादव

सांसद प्रदीप यादवले सीमापारी भारतमा रोकिएका नेपालीहरुको अवस्था बुझेका छन्। कोराना भाइरसको संक्रमण रोक्न नेपाल सरकारले लागू गरेको लकडाउनका कारण सीमामा आवतजावत पूर्णरुपमा अवरुद्ध भएपछि मानिसहरु आउजाउ गर्न पाएका छैनन्। 

दुबैतर्फ लकडाउन भएपछि नेपालबाट भारतीय भुमिमा रहेका नागरिकलाई बुधवार संसाद यादवले भेटेका हुन्। रक्साैलस्थित हजारी मल उच्च माध्यमिक विद्यालयमा स्थानीय प्रशासनले क्वारेन्टाइन स्थापना गरेको छ। ‘२५ जनालाई राखिएकोमा १५ जना नेपाली नागरिक छन्। उनीहरुलाई त्यहाँ बस्नेखाने र नियमित स्वास्थ्य जाँचलगायतको सुविधा उपलब्ध गराइएको छ,’उनले बिएल नेपाली सेवासँग भने।

यस्तै क्वारेन्टाइनमा बसेका प्रत्येकलाई एउटा खाट,बिछ्यौना, ओढ्ने र झुलको व्यवस्था गरेको उनले बताए। ‘बिहान र बेलुका खानाको समेत प्रबन्ध रहेछन्,’उनले भने, ‘यहाँ सरकारी अस्पताका डा. शरदचन्द शर्माको नेतृत्वमा मेडिकल टिम समेत खटाइएको छ।’

रुकुम आठबिकोट गाउँपालिका घर भएका प्रजित नेपाली मार्च ३१ का दिन रक्साैल सिमामा आइपुगेका थिए। उनीसँग अरु १३ जना रहेका छन्। अर्को एक जना पटनास्थित होटेलमा काम गर्ने २ युवकहरु पनि त्यहाँ आइपुगेका छन्।  भारतीय प्रशासनले नै यातायातको व्यवस्थागरि सीमामा उनीहरुलाई पुर्‍ याइदिएको थियो। त्यसपछि उनीहरु क्वारेन्टाइनमा बसिरहेका छन्। 

‘नेपाल सरकारलाई र हामी सबैलाई भारतमा बसेका नेपालीहरुको चिन्ता छ, अहिले बिशेष परिस्थिति भएको हुनाले जो जहाँ छ त्यही सुरक्षित रुपमा बस्न बाध्यता छ,’ सांसद यादवले भने, ‘समान्य अवस्था हुने बितिकै तपाइहरु आआफ्नो ठाउँमा जान पाउनु हुनेछ।’ उनीहरुले यहाँ बसाई सुबिधापूर्ण रहेको र कुनै असहजता नभएको प्रतिक्रिया दिए। 

सांसद यादवले क्वारेन्टाइनमा रहेकाहरुलाई आफ्नोतर्फबाट सेनिटाइजर, मास्क, फलफुल, चिउरा, बिस्कुट, बिकाजी भुजिया, जुस र खानेपानीलगायत सामग्री वितरण गरेका छन्।

प्रकाशित मिति: : 2020-04-08 19:07:16

प्रतिकृया दिनुहोस्