अमेरिकामा कोरोना महामारी पुनः माथिल्लो तहमा, न्युयोर्कमा एकैदिन ७७९ काे मृत्यु

केही दिनदेखि स्थिर रहेको कोरोना भाइरसको महामारी अमेरिकामा पुनः माथिल्लो तहमा पुगेको छ।

न्युयोर्कमा कोरोनाबाट संक्रमति भएर मृत्यु हुनेको संख्या लगातार नयाँ उचाईमा पुगिरहेको छ । बुधबार एकै दिन ७७९ जनाको मृत्यु भएको छ ।

महामारी फैलिए यता न्युयोर्कमा भाइरसका कारण एकै दिन संक्रमितको मृत्यु भएको यो अहिलेसम्मकै उच्च हो । मंगलबार न्युयोर्कमा ७३१ जनाको मृत्यु भएको थियो ।

यस्तै न्यू जर्सीमा पनि बुधबार अहिलेसम्मकै धेरै व्यक्तिको मृत्यु भएको छ । न्यू जर्सीमा बुधबार २७५ जनाको मृत्यु भएको छ। मंगलबार राज्यमा २३२ जनाको मृत्यु भएको थियो ।

दुई राज्यमा गरेर अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु भएका कुल मानिस मध्ये आधाभन्दा बढी छन् । न्युयोर्क र न्यू जर्सीमा गरेर सात हजार ७७२ जनाको मृत्यु भएको छ। न्युयोर्कमा ६ हजार २६८ तथा न्यू जर्सीमा एक हजार ५०४ जनाको मृत्यु भएको छ ।

अमेरिकामा अहिलेसम्म १४ हजार ७६६ जनाको मृत्यु भएको छ । अहिलेसम्म कुल संक्रमितको संख्या अमेरिकामा चार लाख ३० हजार ९०२ पुगेको छ । न्युयोर्कमा संक्रमितको संख्या एक लाख ५१ हजार १७१ रहेको छ। न्यू जर्सीमा संक्रमितको संख्या ४७ हजार ४३७ पुगेको छ ।
 

प्रकाशित मिति: : 2020-04-09 07:18:04

प्रतिकृया दिनुहोस्