डब्लुएचओमाथि पुनः खनिए ट्रम्प

देशसञ्चार

काठमाडौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) माथिको आक्रमण जारी राखेका छन्।

कोरोना भाइरस महामारीलाई बुझ्न तथा त्यसको नियन्त्रणका लागि चाल्नु पर्ने कदम पर्याप्त गर्न नसकेको भन्दै ट्रम्पले डब्लुएचओको आलोचना गरेका हुन् ।

ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको मंगलबारको ब्रिफिङ्गको क्रममा पहिलोपटक डब्लुएचओमाथि आक्रामक रुपमा प्रस्तुत भएका ट्रम्पले बुधबारको ब्रिफिङ्गमा पनि त्यसलाई निरन्तरता दिएका हुन् ।

बुधबारको ब्रिफिङ्गको क्रममा ट्रम्पले डब्लुएचओले कोरोना भाइरसको महामारीलाई सही तरिकाले बुझ्न नसकेको आरोप लगाएका हुन् । डब्लुएचओले आफ्ना प्राथमिकताहरुलाई सही गर्नु पर्ने उनले बताएका छन् ।

प्रकाशित मिति: : 2020-04-09 07:29:09

प्रतिकृया दिनुहोस्