राहत कोषमा प्रहरीको सात दिनको तलब: युद्धमा लड्ने सिपाहीको तलब काटेजस्तै

देशसञ्चार

काठमाडौँ

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले १८ दिनअघि भोलिपल्टैदेखि लागू हुने गरि राष्ट्रव्यापी लकडाउन गर्ने घोषणा गर्‍यो।

मानिसहरुबिच भेटघाट हुँदा भाइरस फैलन सक्ने भन्दै सरकारले लकडाउनका समयमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन निर्देशन जारी गरेको थियो।

कोरोना भाइरस संक्रमणको परीक्षणका लागि आवश्यक मेडिकल सामग्री अनि भाइरसबाट बच्न आवश्यक पर्ने मास्क, सेनिटाइजर बजारमा हाहाकार भइरहेका बेला समूहमा बसेर काम गर्नुपर्ने बाध्यता रहेको प्रहरी लकडाउन कार्यान्वयन र शान्ति सुरक्षा कायममा बेपर्वाह सडकमा उत्रियो, उत्रिरहेको छ। कोरोना भाइरस संक्रमणका सम्भावित खोजी पहिचान गर्ने जिम्मेवारी पनि उसलाई छ। उता स्वास्थ्यकर्मीहरु अहोरात्र खटिरहेका छन्।

सारा देशका जनता घरभित्र सिमित भइरहेका बेला प्रहरी र स्वास्थ्यकर्मीहरु कोरोना भाइरसविरुद्ध खुलेआम लडिरहेका छन्। ज्यानको बाजी थापेर काम गरिरहेको भन्दै उनीहरुले जनताको स्याबासी पनि पाइरहेका छन्। सरकारले उनीहरुलाई अधिक प्रोत्साहन गर्नुपर्ने आवाज पनि उठिरहेको छ।  यही बेला प्रहरी नेतृत्वले हास्यास्पद निर्णय गरेको छ जसको चौतर्फी विरोध भइरहेको छ।

प्रकाशित मिति: : 2020-04-09 12:45:01

प्रतिकृया दिनुहोस्