नेपालमा कोरोनाभाइरस सङ्क्रमण कम देखिनुका पाँच सम्भावित कारण

विकसित मानिएका कतिपय देशहरूमा समेत कोरोनाभाइरसको सङ्क्रमण धेरै फैलिएको देखिएका बेला नेपालमा भने यसको प्रकोप खासै देखिएको छैन।

सरकारी तथ्याङ्क अनुसार हालसम्म नेपालमा ९ जना व्यक्तिमा मात्र कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

त्यसमध्ये एक जना निको भइसकेका छन् भने ८ जनालाई विभिन्न स्थानमा आइसोलेशनमा अर्थात एकान्तमा राखेर उपचार गरिदैँछ।

बुधवार साँझसम्मको विवरण अनुसार सङ्क्रमणको आशंकामा थप १ सय ३४ जनालाई आइसोलेशनमा राखिएको छ।

उनीहरूको परीक्षण प्रतिवेदन आउन बाँकी रहेको छ।

नेपालमा भेटिएका सङ्क्रमितमध्ये ८ जना विदेशबाट आएका छन् भने एकजना विदेशबाट आएका व्यक्तिकी आफन्त रहेकी छन्।

नेपालको स्वास्थ्य सेवाको अवस्था र सुरुमै नेपालले विदेशबाट आउने नागरिक तथा विदेशीहरूका लागि बन्देज नलगाएको कारण देखाउँदै कतिपयले नेपालमा थप सङ्क्रमित हुनसक्ने बताउने गरेका छन्।

त्यस्तो अनुमानलाई खण्डन गर्नेहरूले चाहिँ नेपालमा हालसम्म कुनै पनि एक स्थानमा एकै खाले लक्षण देखिएर धेरै मानिसहरू बिरामी भएको वा मृत्यु भएको नदेखिनुले त्यस्तो अनुमानलाई झूटो सावित गरिदिएको बताउछन्।

विज्ञहरूले चाहिँ नेपालमा कोरोनाभाइरस सङ्क्रमण धेरै नदेखिनु वा कम फैलिनुमा विभिन्न कारणहरूले भूमिका खेलेको हुनसक्ने बताएका छन्।

१. परीक्षण नै नहुनु

कतिपय चिकित्सकहरूले नेपालमा परीक्षण नै कम भएका कारण सङ्क्रमितको सङ्ख्या कम देखिएको बताएका छन्।

उनीहरूका भनाइमा जति थोरै परीक्षण भएको छ त्यसैका आधारमा नेपालमा कोरोनाभाइरस धेरै फैलिएको छैन भन्न सकिदैँन।

स्वास्थ मन्त्रालयका अनुसार बुधवारसम्म कुल २ हजार ३ सय ६६ नमुनाको परीक्षण गरिएको छ।

त्यसमध्ये २ हजार ३ सय ५७ नमुनामा सङ्क्रमण देखिएको छैन।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पूर्व प्रमुख डा. बाबुराम मरासिनी नेपालमा परीक्षणको गति र सङ्ख्या बढाउनु पर्ने बताउँछन्।

प्रकाशित मिति: : 2020-04-09 13:09:29

प्रतिकृया दिनुहोस्