कीर्तिमानी पाैडीबाज गौरिकाका बुबालाई काेराेनाको आशंका, परिवार नै क्वारेन्टाइनमा

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाली खेलकुदकी कीर्तिमानी पैडीबाज खेलाडी गौरिका सिंहले बुवालाई कोरोना भाइरस संक्रमणका लक्षण देखिएपछि दुई साता डरलाग्दो भएको बताएकी छन्।

चिकित्सक बुबा पारस सिंहलाई कोरोना संक्रमणको लक्षण देखिएपछि गौरिका परिवारसहित क्वारेन्टाइनमा बसेकी थिइन्।

सोमबार साँझ सामाजिक सञ्जालमा परिवारको तस्बिर स्टाटस लेख्दै उनले दुई साताको आइसोलेसनपछि बुबा पूर्णतया सञ्चो भएको बताएकी छिन्। तर अन्य थुप्रै आफ्ना बुबाजस्तो भाग्यमानी नभएको पनि लेखेकी छन्।

फेसबुकमा राखेको स्टाटसमा गौरिकाले लेखेकी छिन्,‘नयाँ वर्ष २०७७ को शुभकामना। यो नयाँ वर्षको सुरुवात मात्र होइन, हाम्रो १४ दिने क्वारेन्टाइन अन्त्य भएको दिन पनि हो। दुई साता अघि एनएचएसका लागि काम गर्नुहुने मेरो चिकित्सक बुबालाई कोरोना भाइरसको लक्षण देखिएको थियो।यो १५ दिन निकै डरलाग्दो रह्यो। तर उहाँ अहिले ठिक भइसक्नु भएको छ। तर हजारौँ मानिसहरुसँग यति भाग्यमानी छैनन्। भित्र बसेर यो खतरनाक भाइरसबाट आफु पनि बचौँ, अरुलाई पनि बचाऔँ। जब फ्रन्टलाइनमा बसेर महत्वपूर्ण कामदारहरु लड्दै हुनुहुन्छ हामी एकान्तमा बसेर थोरबहुत योगदान गरौँ। आगामी दिनमा सुरक्षित र स्वस्थ्य जीवनका लागि शुभकामना।’

गौरिकाले १३ औँ दक्षिण एसियाली खेलकुद सागमा नेपालका लागि चार स्वर्ण र दुई रजत पदक जितेकी थिइन्।
 

प्रकाशित मिति: : 2020-04-14 08:16:50

प्रतिकृया दिनुहोस्