अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा विश्व स्वास्थ्य संगठनको सहायता रोक्का

बिएल संवाददाता

वासिङ्टन डीसी, अमेरिका

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले उपलब्ध गराउँदै आएको आर्थिक सहायता रोक्का गरिदिएका छन्।

संगठनले चीनको पक्षमा काम गरेको आरोप लगाउँदै ट्रम्पले त्यसमाथि छानबीन भैरहेको र त्यसको नतिजा सार्वजनिक नहुञ्जेल बजेट रोक्का गरिएको बताए।

उनले छानबीनबाट संगठनले ‘ कोरोना भाइरस सुरु हुँदा देखाएको कमजोर व्यवस्थापन र छलछाम’ उदाङ्गिने दाबी पनि गरे।

विश्वमा फैलिरहेको कोरोना कहरको डटेर मुकाबिला गरिरहेको विश्व संस्थालाई कमजोर र विवादास्पद बनाउन ट्रम्पले गरेको यो निर्णय आत्मघाती भएको पनि उनका आलोचक बताउँछन्। यस निणर्यले अमेरिकी प्रतिष्ठा धुमिल हुने बताउँदै अमेरिका विश्व समुदायबाट थप अलगिने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्। 

सुरूमा चीन र विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमण रोकथामका लागि पर्याप्त काम गरेको बताउँदै आएका ट्रम्पको अमेरिका कोरोना इपिसेन्टर भएपछि बोली फेरिएको हो। अमेरिकाको यो दुर्गति हुनमा ट्रम्पको नीतिगत गल्ती भएको र त्यसलाई छोप्न उनी चीन र विश्व स्वास्थ्य संगठनविरूद्ध खनिएको उनका आलोचकहरू बताउँछन्। 

विश्वमा फैलिरहेको कोरोना कहरको डटेर मुकाबिला गरिरहेको विश्व संस्थालाई कमजोर र विवादास्पद बनाउन ट्रम्पले गरेको यो निर्णय आत्मघाती भएको पनि उनका आलोचक बताउँछन्। यस निणर्यले अमेरिकी प्रतिष्ठा धुमिल हुने बताउँदै अमेरिका विश्व समुदायबाट थप अलगिने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्। 

प्रकाशित मिति: : 2020-04-15 06:05:36

प्रतिकृया दिनुहोस्