बिएल संवाददाता
अमेरिका र क्यानडाबिचको सीमा थप एक महिना बन्द हुने भएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडाले शनिबार सीमा क्षेत्र थप ३० दिन बन्द गर्ने बताएका हुन् । गएको महिनादेखि सीमा क्षेत्र बन्द गरिएको छ ।
कोरोना भाइरसको महामारी नियन्त्रणमा लिने र संक्रमण फैलिन नदिने प्रयास स्वरुप सीमा बन्द गरिएको हो । अत्यावश्यक सेवा प्रदायक व्यक्ति तथा ढुवानी सेवा बाहेकलाई सीमा क्षेत्रबाट प्रवेश दिइएको छैन ।
यता अत्यावश्यक सेवा आपूर्ति गर्ने ट्रक, विमान, रेल तथा पानी जहाजहरु पनि रोकिएको छैन ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आन्तरिक तथा बाह्य यात्रा प्रतिबन्ध जुन ३० सम्म लम्ब्याउने घोषणा गरेपछि क्यानडाले पनि सीमा बन्द गर्ने बताएको हो ।
अमेरिकाले देश बाहिर सैनिकको तैनाथी तथा बाहिर तैनाथ भएकाहरुलाई स्वदेश फिर्तामा जुन ३० सम्म प्रतिबन्ध लगाएको छ ।
यता सीमा नाका बन्द भएपनि व्यापार भने प्रभावित नहुने अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले बताएका छन्। कोरोना भाइरस संक्रमणबाट एक साता मै अमेरिकाको सबै राज्य प्रभावित भएपछि अमेरिकाले सबै सीमा नाका लकडाउन गरेको थियाे। क्यानडासँग सीमा नाका बन्द गर्ने सहमतिपछि ट्रम्पले ट्वीटमा लेखेका थिए, ‘हामीले दुवै तर्फको सहमतिमा क्यानडासँगको सीमा अस्थायी रुपमा बन्द गर्ने निर्णय गरेका छौँ ।’
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया