माधव ढुङ्गेल
                                नेकपा नेता महेश बस्नेतले डा. बाबुराम भट्टराईले आफूलाई लगाएको अपहरणका आरोप अस्वीकार गर्दै उनीप्रति आक्रोश व्यक्त गरेका छन्। समाजवादी पार्टीका सांसद् डा सुरेन्द्र यादवलाई अपहरण गरेको आरोपको खण्डन गर्दै बरु अशोक राई, आङकाजी शेर्पाले होटेलबाट अपहरण गरेको आरोप लगाए ।
बिएल नेपाली सेवासँगको अन्तर्वार्तामा उनले भने, ‘डा बाबुराम भट्टराई मेरो पनि सम्मानित नेता हो । उहाँको लामो समय हत्या हिंसाको राजनीति असफल भएपछि उहाँ संघीय समाजवादी फोरममा शरणार्थीको राजनीतिक जीवन बिताइरहनुभएको छ । बहुदलीय व्यवस्थामा आफ्नो दल बलियो बनाउने र अर्कोलाई कमजोर बनाउने खेल हुन्छ ।’
मधेशमा आफूहरुलाई छिर्न नदिने हिजोको अवस्थामा परिवर्तन भई आज त्यहाँका साथीहरूले सहयोग माग्ने अवस्था आएको बताउँदै उनले भने, ‘लामो समयदेखि उहाँ आफ्नो पार्टीसँग असन्तुष्ट हुनुहुन्थ्यो । नेताकाे व्यवहारका कारण आफ्नाे भविष्य अन्धकार देख्नुहुन्थ्याे । त्यहाँको नेतृत्वको पेलाइका कारण त्यहाँबाट विद्रोह गरेर नेकपासँग सहकार्य र पार्टी एकता गर्न चाहनुहुन्थ्यो । त्यसैले प्रधानमन्त्रीसँग कुराकानी गर्न चाहेकाले हामीले आउन सहयोग गरेका हौँ ।’
अशोक राई, आङ्काजीहरूले अपहरणको शैलीमा होटेलबाट निकालेर लगेको बताउँदै उनले भने, ‘अहिले डा. यादव ठूलो दबाबमा हुनुहुन्छ । तैपनि उहाँले धर्म छाड्नु भएन । अपहरण भएको होइन भन्नुभएको छ, म सम्मान गर्छु ।’
नेकपा (मानन्धर) को स्कुलिङबाट राजनीति गरेका डा. यादवले नेकपा सहकार्य गर्न चाहेकाले आउन सघाएकाे उनकाे दाबी छ । भट्टराईको आरोपबारे बस्नेतको जवाफ उनकै मुखबाट । हेर्नुस् भिडियो :–
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया