बञ्चरो प्रहारबाट २९ वर्षीय महिलाको हत्या

डोटीको शिखर नगरपालिका ८ की २९ वर्षिया राजु दमाईको बञ्चरो प्रहारबाट हत्या भएको छ।

बिहिबार बञ्चरो प्रहारबाट गम्भीर घाइते भएकी दमाईको डडेलधुरा उप क्षेत्रीय अस्पतलामा उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरीले हत्या आशंकामा उनका श्रीमान कृष्ण दमाईलाई हिरासतमा लिएको छ।

३ सन्तानकी आमासमेत रहेकी राजुमाथि श्रीमानले अनावश्यक शंका गरिरहने स्थानीयले बताएका छन्।

एक वर्ष अगाडि साउदी अरबबाट घर फर्किएका दमाई दम्मत्तिको १ वर्षिया छोरी र ४-५ वर्षका दुई छोरा छन्।

प्रहरी निरीक्षक कर्णबहादुर बोहोराले मृतकको पोष्टमार्टमको रिपोर्ट नआएको र हत्याको विषयमा कसैले जाहेरीसमेत नदिएकाले यसै भन्न सक्ने अवस्था नरहेको बताए। उनले घटनाको विषयमा थप अनुसन्धान भइरहेको बिएल नेपाली सेवालाई जानकारी दिए।

प्रकाशित मिति: : 2020-04-25 10:14:41

प्रतिकृया दिनुहोस्