कोरोना सन्त्रासमा सहयोगको हात खोजिरहेछन् अपांगतायुक्त व्यक्ति (भिडिओसहित)

देखापढी

काठमाडौँ

रोजिना थापा

 १० वैशाख राति। दिवस परियारलाई एक्कासी ज्वरो आयो। अरुबेला भए ह्विलचियर गुडाउँदै निस्कन्थे। बाटोमा कोही न कोही सहयोग गर्न आइपुग्थ्यो। तर, कोरोना भाइरसको सन्त्रास चलेको यो समयमा उनलाई साथ पाउनै गाह्रो पर्‍यो।

“एक्कासी ज्वरो आयो। आफन्त कोहि छैनन्। मनमा त्रास बढ्यो। ह्विलचियर लिएर जान पनि गाह्रो भयो। अहिले जसले पायो त्यसले सहयोग गर्न पनि चाहदैन। परिस्थिति जटिल छ”, उनले अत्यास सुनाए।

सानैमा समस्या देखिएपछि उनका गोडा काटिएका छन्। त्यसयता उनको सहारा ह्विलचियर भएको छ। तीन वर्षदेखि काठमाडौं बस्छन् दिवस। बास्केटबल खेल्छन्। पढ्छन्।

आफूजस्तो अपांगतायुक्त व्यक्तिको रोगसँग लड्ने क्षमता कम हुने भएकाले बिरामी भइरहने र औषधी खाइरहनुपर्ने उनी बताउँछन्। त्यसैले पनि अहिले आफूहरुलाई जोखिम थपिएको बताउँछन् उनी।

प्रकाशित मिति: : 2020-04-26 07:53:07

प्रतिकृया दिनुहोस्